ऐश्वर्य, धनधान्य, सम्पन्नताको देवीको आज पुजा गरी लक्ष्मी पुजा मनाइदैछ

53 Shares
रौतहट, २६ कार्तिक । बडा दशैं पछि हिन्दुहरुको दोश्रो महान चाँड ऐश्वर्य, धनधान्यको धनी माता लक्ष्मीको पुजा गर्ने दिन अर्थात आज लक्ष्मी पुजाआराधना गरी श्रद्धा भक्तिपूर्वक नेपाल भारत सहित विश्वभरमा रहेका हिन्दुहरु उत्साह र उमंगका साथ लक्ष्मी पुजा मनाउदैछन् ।
यमपञ्चक अर्थात तिहारको दोश्रो दिन धनधान्य, ऐश्वर्य, सम्पन्नताकी धनी देवि लक्ष्मीको पुजा अराधना गरी हर्षोल्लासका साथ विश्वभरी नै आज मनाइदै गरेका हुन् ।
आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।
जुन घर आँगनलाई सफासुग्घर र लिपपोत गरिएको हुदैनन् त्यो घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा दुई दिन अघि देखि नै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेष गरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली मनाइदैछ ।
लक्ष्मी पूजा कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलै पिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।
आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । धन, ऐश्वर्य, सम्पन्नता र वैभवको देवी लक्ष्मी पुजाको अवसरमा समस्त तराई टप का आदरनिय पाठक वर्ग सहित समस्त नेपालीहरुको लक्ष्मीको बास होस र सम्पन्नता छाओस भने दिपावलीको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।