सर्लाही, २९ कार्तिक । सर्लाहीको बलरा नगरपालिका वडा नम्वर ६ मिर्जापुरमा अनिता कमलेश्वर प्राथमिक विद्यालयको लागि दुई कोठे भवनको शिलान्यास मेयर रामाशंकर कुशवाहाले गरेको छ ।
बलरा नगरपालिकाका मेयर कुशवाहाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १८ लाखको लागतमा निर्माण हुन लागेको उक्त विद्यालय भवनको शिलान्यास गरेको हो ।
शिलान्यास पश्चात सभालाई सम्बोधन गर्दै बलरा नगरका नगरप्रमुख कुशवाहाले नगरको शिक्षा पहिलो प्राथमिकतामा रहेको बताए । आफू पनि शिक्षा पेशाबाट राजनीतिकमा आएको कारण शिक्षालाई नजिकबाट हेरेको र बुझेको छु, उनले भने । अन्य स्थानीय तहको तुलनामा बलराले शिक्षामा उल्लेखनीय काम गर्नेमा कुनै दुईमत नहुनेमा जिकिर गरे ।
कक्षा ५ सम्म अध्यापन हुने त्यस विधालयमा २१८ विधार्थीहरु अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक नरेन्द्र प्रसाद सिंहले जानकारी दिए । विद्यालयमा २ कोठे एउटा मात्र भवन हुँदा विद्यालय सहितको कार्यलय एउटै भवनमा सन्चालन गर्नुपरेको छ, प्रधानाध्यापक सिंहले भने ।
नयाँ भवन सन्चालनमा आएपछि विद्यालय सन्चालन र पठनपाठन सहज हुने उनले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौरीशंकर महतोको अध्यक्षतामा सम्पन्न भएको शिलान्यास समारोहमा डा. कमलेश्वर सिन्हा, वडा नम्वर १० का वडाअध्यक्ष दिनेश कुशवाहा, वडाअध्यक्ष प्रत्याशी शशी भुषण कुशवाहा, समाजसेवी उमेश महतो लगायत स्थानीय नागरिक समाज, बुद्धिजिवि, शिक्षाप्रेमी, विद्यालयका शिक्षकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन