संजय मिश्रा
रौतहट, ७ मंसिर । रौतहटको कटहरिया नगरपालिकाको कटहरिया बजारमा युवाहरुको समुह बिच ग्याङ फाइट हुँदा तीनजना युवकहरू घाईते भएका छन ।
बुधवार राती करीब ८ बजे कटहरिया नगरपालिकाको भवन छेउमा बिवेक जैसवाल, अन्जित कुमार साह नेतृत्वको युवासमुह बिच ग्याङ फाइट भएका थिए । ग्याङ फाइटमा फलामको रड र कैंची हानाहान भएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
ग्याङ फाइटमा २० वर्षीय बिवेक जैसवालले पछाडीबाट घाँटीमा कैंची प्रहार हुँदा गम्भीर घाईते भएको छ । त्यस्तै अर्को समूहको २० वर्षिय अन्जित कुमार साह र महेश कुशवाहाको टाउको तथा निधारमा फलामको रड प्रहार बाट घाईते भएको स्थानीयले बताए ।
उनीहरूको कटहरियामा सामान्य उपचार पछि एम्बुलेन्सबाट थप उपचारको लागि रातिनै वीरगन्ज पठाईयो । घाईतेहरुको वीरगन्ज स्थित सुर्या अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सुर्या अस्पतालका डाक्टर सरोजकुमार सिंहका अनुसार घाईतेहरु खतरामुक्त रहेको बताए ।
गत आईतवार साँझ छठ पर्वको अवसरमा पूजा गर्न जाँदा कटहरिया ५ लालबकैया नदी किनारमा बिवेक र अन्जित बिच कुनै बिषयमा सामान्य भनाभन भएको थियो । त्यसको भोलिपल्ट गत सोमवार पिकनिक मनाउन जाँदा पनि उनीहरू बिच पुनः भनाभन भएको बताइएको छ । सोही बिषय लिएर बुधवार साँझ दुबै समुह बिच भनाभन हुँदै ग्याङ फाइटमा परिणत भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई रामाछवेला यादवले बताए ।
घाईतेको उपचार भईरहेको तथा घटना बारे थपअनसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन