संजय मिश्रा
रौतहट, ७ मंसिर । रौतहटको फतुवा बिजयपुर नगरपालिकाको मूल गेटमा लगाइएको ताला फुटाएर बुधवार प्रमुख प्रशासकिय अधिकृतको रूपमा उपसचिव सुरेन्द्र प्रधानलाई हाजिर गराईएको छ ।
कार्यवाहक मेयर अम्बेया खातुनको पहलमा स्थानिय प्रहरी प्रशासन तथा जनप्रतिनिधिको रोहवरमा नगरपालिका कार्यालयको मूल गेटमा लगाईएको ताला फुटाएर उपसचिव प्रधानलाई हाजिर गराईएको हो ।
कार्यवाहक मेयर खातुनले टिका र माला लगाई स्वागत गर्दै बुधवार देखिनै प्रधानलाई नगरको प्रमुख प्रशासकिय अधिकृतको रूपमा कामकाज सुरु गराएकी छिन् । सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत प्रधानले भोलि देखिनै सम्बन्धितहरुको बैंक खातामा सामाजिक सुरक्षा भत्ता पठाउन सुरुगर्ने र १ महिना भित्र नगरको सम्पूर्ण समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।
सब भन्दा पहिले सामाजिक सुरक्षा भत्ता वितरणको काम सुरुहुना साथ केही दिन भित्र कार्यपालिका बोर्डको बैठक बोलाउन लगाएर नगरसभा गराउने तथा कर्मचारीहरुको तलब बितरण संगै आर्थिक कारोवार संचालन गराउने उपसचिव प्रधानले स्पष्ट पारे ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट