रौतहट, ८ मंसिर । गौर गंगापिपरा सडकखण्ड अन्तर्गत पर्ने झाझ खोलामा निर्माणाधिन पुलको पुर्व तर्फका पिलरको रिंगमा शुक्रवार बेवारिसे अवस्थामा शव फेला परेका छन् ।
यमुनामाई गाउँपालिका वडा नम्वर ४ र दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ को सीमानामा पर्ने झाझ नदीमा निर्माणाधिन पुलको पूर्व तर्फका पिलरको रिंग भित्र अन्दाजी २४–२५ बर्षको युवकको शव आज विहान स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय गौरबाट मुद्दा फाँटका इन्सपेक्टर उमाशंकर गुप्ताको कमाण्डमा खटिएको टोलीले घटनास्थलको मुचुल्का उठाएर शब झिक्ने प्रयास गरिरहेका छन् ।
शबको प्रकृति हेर्दा कुटपिट पछि हत्या गरेर दुई दिन अघि उक्त रिंगमा फालिएको आशंका गरिएपनि शवको पोष्टमार्टम पछि यथार्थ अवस्था खुल्ने प्रहरी श्रोतबाट बुझिएको छ । झाझ पुल नजिक महादेव मन्दीरमा मंसिर ५ र ६ गते मेला लागेका थिए सोही क्रममा उक्त घटना भएको हुन सक्ने आशंका गरिएका छन् ।
अहिले सम्म कसको शव हो सनाखत हुन सकेको छैनन् । प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन