72
Shares
रौतहट, ८ मंसिर । गौर गंगापिपरा सडक खण्डमा पर्ने झाझ खोलामा निर्माणाधिन पुलको पिलरको रिंगमा फेला परेका युवकको शव अरबीन्द सहनीको रहेको पहिचान खुलेको छ ।
माधवनारायण नगरपालिकाको लौकाहा घर भई दुर्गा भगवती ३ मा मामाघरमा बस्दै आएको अरबीन्द सहनीको शव रहेको प्रहरीले पुष्टि गरेको हो ।
तपलाल सहनीको नाति सुखिया देवीको २१ बर्षको छोरा अरबीन्द सहनको शव रहेको छ । पिलरको रिंगबाट शव बाहिर निकालेर उसको पर्समा रहेका कागजातबाट मृतकको पहिचान खुलेको बताइएको छ । युवक अरबीन्दको कुन कारण हत्या भएको हो त्यस वारे प्रहरीले गहन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन