47
Shares
रौतहट, ८ मंसिर । रौतहटको कटहरिया नगरपालिकाको डुमरियामा राँगाको आक्रमणबाट एकजना वृद्धको मृत्यु भएको छ भने करिव ११ जना मानिस घाइते भएका छन् ।
कटहरिया नगरपालिका वडा नम्वर ९ डुमरिया गाउँमा विहिवार साँझ राँगाको अक्रमणबाट घाइते भएका ७० बर्षिय बतहु राय यादवको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएका हुन् ।
सोही राँगाको आक्रमणमा परी पटक पटक गरेर ११ जना भन्दा बढी मानिस घाइते भएका छन् । स्थानीय समाजसेवी बच्चालाल यादवका अनुसार आक्रमणबाट राजदेव माझी, मञ्जारुल मियाँ, महामदिन मियाँ, बिलास महरा लगायत मानिस घाइते भएको छ ।
राँगा नियन्त्रण गर्न पटक पटक गाउँलेहरूले आग्रह गर्दा वडाअध्यक्ष रुपेश यादव र मेयर अजय प्रकाश जैसवालले वास्ता नगरेको कारण वृद्ध मानिसको मृत्यु भएको स्थानीयहरुले गुनासो गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन