बैंकक, एजेन्सी । विश्वमा बढ्दो तनाव र अशान्तिबाट विश्व सम्पदालाई भईरहेको ठूलो क्षतिबाट जोगाउनका निमित्त एवं शान्ति स्थापना गर्न हिन्दु धर्मबाट प्रेरणा लिनु पर्ने सुझाव थाइ प्रधानमन्त्रीले दिएका छन् ।
विश्व अशान्ति सँग लडिरहेको बताउँदै थाइल्याण्डकी प्रधानमन्त्री श्रेथा थाभिसिनले हिन्दू मूल्य मान्यताको प्रशंसा गर्दै शान्ति स्थापना गर्न अहिंसा, सत्य, सहिष्णुता र सद्भावको धर्मबाट प्रेरणा लिनुपर्ने बताएकी हुन् ।
उनको सन्देश विश्व हिन्दू कांग्रेसमा पढेर सुनाइएको थियो । आरएसएस प्रमुख मोहन भागवतले पनि उद्घाटन सत्रमा सम्बोधन गरेका थिए ।
शक्तिशाली राष्ट्र बन्ने होड्मा विश्व व्यापी रुपमा मानव सभ्यता माथि नै खतरा रहेको हुँदा विश्वमा शान्ति स्थापनार्थ हिन्दु धर्मबाट प्रेरणा लिएमा मात्रै सम्भव रहेको थाइल्याण्डकी प्रधानमन्त्री थाभिसिनले बताइन ।
श्रोतः एएनआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन