रौतहट, १० मंसिर । रौतहट जिल्लाको राजपुर नगरपालिका स्थित लालबकैया नदीको झाडीमा एक २५–२६ बर्षको महिलाको मृत अवस्थामा शनिवार शव फेला परेका थिए ।
हिजो दिउसो ४ बजेको समयमा राजपुर नगरपालिका वडा नम्वर ९ बैरिया स्थित लालबकैया नदीको बाध भन्दा पुर्व पट्टीको झाडीमा नामथर वतन नखुलेको अन्दाजी २५–२६ बर्षिया तराई बासी जस्तो देखिने हरियो कुर्था सुरुवाल लगाएकी महिला मृत अवस्थामा शव रहेको स्थानीय बासिन्दाहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरी निरीक्षक उमाशंकर प्रसाद गुप्ताको कमाण्डमा खटिएका प्रहरी टोलीले शवलाई पोष्ट मार्टम प्रादेशिक अस्पताल गौरमा गरिएर शव गृहमा महिलाको लास राखिएको बताए ।
घटनाको प्रकृति हेर्दा महिलाको शलले घाँटीमा थिचिएर हत्या गरी झाडीमा फालिएको अवस्थामा फेला परेपनि शव पहिचानको लागि मातहतका युनिटहरुमा फोटो सहित पत्राचार गरिसकेको तथा गहन अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक गुप्ताले जानकारी दिए ।
यसैगरी गत शुक्रवार यमुनामाई गाउँपालिका वडा नम्वर ४ स्थित झाझ खोलामा निर्माणाधिन पुलको पिलरको गोलो रिंग भित्र २१ बर्षिय अरबीन्द सहनीको पानीमा तैरिरहेको अवस्थामा फेला परेका थिए । फेला परेको सहनीको शव हेर्दा हत्या गरेर उक्त रिंगमा फालिदिएको जस्तो देखिन्थ्यो । प्रहरीले पोष्टमार्टमको रिपोर्ट आएपछि केही भन्न मिल्ने बताउदै उक्त घटनामा आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।
पछिल्लो दुई दिनमा पुरुष र महिलाको हत्या गरेर फालिएको अवस्थामा शव फेला पर्नुबाट रौतहट जिल्लामा अपराधीहरुको मनोवल कत्तिको बढेको छ भने यी दुई घटनाले पुष्टि गरेको छ् । दुबै घटनामा अहिले सम्म कसैलाई नियन्त्रणमा लिन नसक्ने अवस्था सृजना भएको छ । दुबै घटनामा कुनै प्रमाण एवं साक्ष नहुँदा प्रहरीलाई कारवाही प्रक्रिया अगाडी बढाउन निकै चुनौति रहेको देखिन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन