रौतहट, १० मंसिर । नेपाली राष्ट्रिय टिमका अलराउण्डर खेलाडी गुल्सन झा अण्डर १९ एसिया कप खेल्ने भएका छन् ।
अलराउण्डर खेलाडी झाको आगमनले टिम सन्तुलित हुने क्रिकेट विश्लेशकहरुले बताएका हुन् ।
‘गुल्सन टिममा आउँदा सिनियर टिमको अनुभव लिइसकेको हुनाले प्रेसर ह्यान्डल गर्न सक्ने अनुमान गरिएको छ । उसको आगमनले टिम थप मजबुत भएको छ’, उनले भने । सिनियर टिमबाट समेत एसिया कप खेलिसकेका गुल्सनले एकै वर्ष दुई वटा एसिया कप खेल्ने भएका छन् ।
‘टेष्ट राष्ट्रहरुसँग खेल्ने भएकाले झाको आगमनले टिम थप बलियो भएको प्रशिक्षक टमाटाले भने । सिनियर टिमबाट खेल्नका लागि गुल्सनलाई यू–१९ एसिया कपको अनुभवले सहयोग पुग्ने टमाटाको भनाइ छ ।
यू–१९ क्रिकेट टिम ६ मंसिर देखि एसिया कपको तयारीका लागि बन्द प्रशिक्षणमा छ । गुल्सन सहभागी भए पनि टिमको कप्तानी भने देव खनालले नै गर्ने प्रशिक्षक टमटाले बताए ।
पछिल्लो समय यू–१९ विश्वकप छनोटका बेला गुल्सन यू–१९ टिमको कप्तान तोकिएका थिए । तर त्यही बेला सिनियर टिममा बोलाए पछि उनले यू–१९ विश्वकप छनोट खेल्न पाएनन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन