रौतहट, ११ मंसिर । स्थानीय तहमा उज्यालो अभियानको नारा दिएर जडान गरिएका टावर लाईव वा सडक वत्ती जडान गरे वापतको रकम तिर्न स्थानीय तहले बेवास्ता गरेपछि नेपाल विद्युत प्राधिकरणले रौतहटमा बिना मिटरको जडान भएका टावर लाइटको लाइन काट्ने अभियानको थालनी गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले रकम नतिर्ने पालिकाले जडान गरेको टावर लाईट र सडक वत्तीको लाइन काट्ने अभियान अन्तर्गत चन्द्रपुर, वृन्दावन, गुजरा नगरपालिकाको लाइन काटेको हो ।
पटक पटक सडकबत्तीको पैसा तिर्न ताकेता गर्दासमेत वास्ता नगरेपछि प्राधिकरणले लाइन काट्न सुरु गरेको छ । चन्द्रपुर नगरपालिकाको ३७ वटा, बृन्दावन नगरपालिकाको १७ वटा र गुजरा नगरपालिकाको ७ वटा टावर लाइटको लाइन काटिदिएको नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रका प्रमुख धीरेन्द्र यादवले जानकारी दिए ।
स्थानीय तहले पालिका उज्यालो अभियानको नाममा बढि आम्दानी हुने अभिप्रायले बिना अनुमती मिटर नैनलिई जडान गरिएको, हुकि गरेर टावर लाइट संचालन गरेकाहरुको लाइन काटिएको उनले भने । प्राधिकरणबाट पालिकालाई पटकपटक मिटर जडान गर्न र बक्यौता रकम तिर्न गरेको आग्रहलाई उनीहरूले अटेर गर्दै आएपछि बाध्य भएर काटिनु परेको वितरण केन्द्र चन्द्रपुरको प्रमुख यादवले बताए ।
प्राधिकरणले कात्तिक मसान्त भित्र सडकबत्ती÷टावर लाइटबाट उठेको महसुल बुझाउन पालिकालाई सूचना जारी गरेको थियो । दोस्रोपटक मंसिर ६ गते एक साताको समय दिए पनि अवैध जडान गरिएको लाइन काट्न थालिएको यादवले भने ।
नेपाल विद्युत प्राधिकरण, विद्युत् महसुल संकलन विनियमावली ०७८ को विनियम १० को प्रावधान बमोजिम सो कदम चालिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन