जनकपुरधाम, १२ मंसिर । विमाधारी र एजेन्टले जम्मा गराएको लाखौं रुपैया एलआईसी नेपाल लिमिटेडको जिम्मेवार कर्मचारीद्वारा अनियमितता गरेको भन्दै एलआइसीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पीडित पक्षले लगाएको ताल्चा यथावतै रहका छन् ।
साबिक अभिकर्ता तथा लायन सत्येन्द्र पाण्डे सहित दर्जनौं अभिकर्ताहरुद्धारा एलआईसी नेपाल लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधाममा गत मंगलवार देखि लगाएको ताल्चा यथावतै रहदा सेवाग्राही सहित विमाधारीहरुको काम काज अवरुद्ध भएका हुन् ।
सर्वसाधारण जनताहरु आफनो छाकबाट काटेर जम्मा गरेको रकम अभिकर्ताको माध्यमबाट एलआईसी नेपाल लिमिटेडमा विमाखाता संचालन गरेका थिए तर साबिक अभिकर्ता एवं लायन पाण्डेले वित्तिय नियम अनुसार फर्म देखि लिएर आवश्यक सम्पूर्ण कागजातहरु फिलप गरेर खाता खोल्न लगाएको थियो । सन् २०२० मा खोलिएका उक्त खाताहरु पछि हेर्दा एलआइसीको सिष्टममा नरहेको देखेपछि सो बारे बुझ्दा बास्तविक्ता खुल्न आएको आरोप पीडित पाण्डेलले लगाए ।
पाण्डेले ९५ जनाको विमा लेख दर्ता गराउदा एक करोड भन्दा बढि रकम तत्कालिन गौर शाखाका प्रमुख विपिनकुमार साहले कम्पनीको मर्कोटिंग प्रमुख प्रकाशबहादुर उपाध्याय र सुचना अधिकारी एवं कानुनी सल्हाकार सुदर्शन गिरीको मिलोमतोमा उक्त कागजातहरु नष्ट गराई रकम हिनामिना गरेको गम्भीर आरोप साविक अभिकर्ता एवं लायन पाण्डेले लगाए ।
एलआइसी नेपाल लिमिटेडको गैरकानुनी क्रियाकलाप गराउनमा मार्केटिंग हेड उपाध्याय र सुचनाअधिकारी गिरीको प्रमुख हाथ रहेको बताउदै लायन पाण्डेले मौखिक रुपमा उजुरी गर्दा गर्दै थकित भएर लिखित रुपमा पटक पटक उजुरी गर्दा समेत सुनुवाई नगरेपछि बाध्य भएर नेपाल विमा प्राधिकरण, जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी गरे ।
जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दिएपछि गौर शाखाको प्रमुख प्रमोदकुमार राय र पीडित पाण्डे बीच लिखित रुपमा भएको सहमतीमा पाण्डे माथि अन्याय भएको र उनको रकम फिर्ता गर्नुपर्ने प्रहरी निरीक्षक झलक शर्माको रोहवरमा लिखित सहमती भएपनि कार्यान्वयन हुन सकेनन् ।
पाण्डेले सोमवार गृह मन्त्रालय, अर्थ मन्त्रालय, मधेश प्रदेश मुख्यमन्त्रीको कार्यालय लगायत विभिन्न निकायमा आफू माथि भएको अन्याय विरुद्ध उजुरी दिइसकेको बताए ।
एलआइसी नेपाल लिमिटेडका मार्केटिंग हेड प्रकाशबहादुर उपाध्यायले गैर न्यायिक ढंगले लेटरप्याड र सिओको हस्ताक्षर स्क्यान गरेर बिना चलानीको म विरुद्ध कारवाहीको पत्र पठाएको आफू संग सुरक्षित रहेको जानकारी दिदै कुनैपनि अभिकर्तालाई कारवाही गर्दा चलानी गरेर नेपाल विमा प्राधिकरणलाई ओसी पठाउनुपर्नेमा त्यसो नगरी आफू चोखिनको लागि गैरकानुनी कार्य गर्ने उपाध्याय र गिरी सहितका विमाधारीको रकम अनियमितता गर्ने विरुद्ध आवश्यक कारवाही नभए सम्म प्रादेशिक कार्यालय जनकपुरमा ताल्चा नखोलिने समेत लायन पाण्डेले चेतावनी दिए ।
एलआइसी नेपाल लिमिटेडको प्रादेशिक कार्यालय प्रमुख र गौर शाखाको प्रमुखको सहयोगको कारण नै ताल्चा लगाउनमा मद्दत पुगेको उनले भने ।
साता दिन देखि एलआइसी नेपाल लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधाममा लगाइएको ताल्चा खुलाउन सरोकारवाला निकाय कुनै पहल गरेको देखिदैनन् । यसबाट सेवाग्राह, विमाधारी एलआएसी नेपाल लिमिटेडको रवैया प्रति गम्भीर चन्ता व्यक्त गरिरहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन