जनकपुरधाम, १२ मंसिर । नेपाली काँग्रेस मधेश प्रदेश कार्य समितिको पूर्ण बैठक प्रादेशिक कार्यालय जनकपुरधाममा मंगलवार बस्यो ।
नेपाली काँग्रेस मधेश प्रदेशको पार्टी कार्यालयमा आज मधेश प्रदेश सभापति एवं मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवको अध्यक्षमा पूर्ण बैठक बसेका हुन् ।
नेपाली काँग्रेस मधेश प्रदेश कार्य समितिको पूर्ण बैठकमा चार बुंदे निर्णय गरेर पूर्ण रुपमा पालना गर्दै आजको बैठक सम्पन्न भएको छ । बैठकमा नेपाली काँग्रेस मधेश प्रदेशको प्रदेश अधिवेश यहि पुस ५ र ६ गते धनुषाधाम स्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा गर्ने तथा त्यसको प्रमुख अतिथिमा पार्टी सभापति एवं पूवं प्रधानमन्त्री शेर बहादुर देउवालाई आमन्त्रण गर्ने निर्णय गरियो ।
मधेश प्रदेश अधिवेशनलाई भव्यताका साथ सम्पन्न गराउन र सफल बनाउन आवश्यक अनुसारको उप समितिहरु कार्यसम्पादन समिति गठन गर्ने । मधेश प्रदेश सम्मेलनमा राजनितिक साँगठनिक–आर्थिक एवं महामन्त्रीको प्रतिवेदन तयार गर्न मस्यौदा तयारी उपसमितिहरु गठन गर्ने । वडा तहदेखि जिल्ला सम्म सम्मेलन गर्न बाम्की रहेको तहहरुलाई सम्मेलन सम्पन्न गर्न र प्रदेश अधिवेशन प्रतिनिधि छनोट गरी जानकारी गराउन परिपत्र गर्ने निर्णय गरिएको नेपाल काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट