78
Shares
दुबई, १४ मंसिर । दुबईमा डिसेम्बर १ देखि सुरु हुन लागेको जलवायु शिखर सम्मेलनको उदघाटन सत्रलाई भारतीय प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी भोल शुक्रवार दुबईमा हुने संयुक्त राष्ट्रसंघको विश्व जलवायु कार्य शिखर सम्मेलनमा सहभागी हुने र उदघाटन सत्रलाई सम्बोधन गर्ने कुरा विदेश सचिव विनय क्वात्राले जानकारी दिएका हुन् ।
प्रधानमन्त्रीले उद्घाटन सत्रमा सम्बोधन गर्ने र तीनवटा उच्चस्तरीय बहुपक्षीय कार्यक्रममा पनि सहभागी हुने परराष्ट्र सचिव क्वात्राले जानकारी दिए । भारतले दुई उच्चस्तरीय साइड इभेन्टको सह–आयोजन पनि गर्दैछ, क्वात्राले बताए ।
श्रोतः एएनआई
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट