राष्ट्रिय एकता अभियानद्वारा “जेहादी आतंकवाद विरुद्ध जनजागरण अभियान” गौर रयाली प्रदर्शन

119 Shares

रौतहट, १४ मंसिर । राष्ट्रिय एकता अभियानद्वारा रौतहट सदरमुकाम गौरमा विहिवार “जेहादी आतंकवाद विरुद्ध जनजागर अभियान” रयाली प्रदर्शन गरिएका छन् ।
राष्ट्रिय एकता अभियानका अध्यक्ष विनयकुमार यादवको नेतृत्वमा सयौं महिला पुरुषहरुले ब्यानर सहित जय श्रीरामको नाराहरु लगाउदै आज शिवालय मन्दीरबाट निष्कीएको रयाली गौरमा परिक्रमा गरेर पुनः शिवालय मन्दीरमा आएर सम्पन्न भएका हुन् ।
मधेश प्रदेशमा जेहादको नाममा हिंसात्मक घटनाहरु बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष यादवले धार्मिक नाममा विदेशी जेहादीहरु आएर कट्टरबादको प्रशिक्षण दिएर हिन्दु धर्मको सभा जुलुश, दुर्गा पुजा सहित विभिन्न चाँडपर्वको समयमा हिंसात्मक कार्यक्रम संचालन गराइएको प्रति गम्भीर रुपमा उनले चिन्ता व्यक्त गरे ।
सोझासाभा मुस्लिम समुदायको युवाहरुलाई बर्गलाएर कट्टरबादको प्रशिक्षणबाट धार्मिक सभा माथि तलवार प्रहार, तातो पानी छर्ने, ढुंगामुढा गर्ने लगायतको कार्यको विरुद्धमा जनचेतना गराउने उद्देश्यबाट गौरमा आज रयाली प्रदर्शन गरिएको बताए । यस्ता जनचेतनाबाट त्यस्ता कार्यहरुमा कमि आउने भएको हुँदा देशभरी यस्ता अभियानलाई संचालन गर्ने उनले स्पष्ट पारे ।
“जेहाद भनेको गैर मुस्लिमहरुलाई समाप्त पर्ने र मार्ने कार्यलाई जेहादी भन्ने गरिन्छ” खास गरेर विदेशबाट आउने धार्मिक जेहादी मौलानाहरुको कारण तराई मधेशमा यस्ता घटनाहरु पछिल्लो समयमा बढेर गएको उनले भने । जेहाद भनेको आतंकवाद हो, जेहादी भनेको आतंकवादी हो भनेर बुझ्नका लागि यस्ता अभियानको रुपमा ल्याएको अध्यक्ष यादवले बताए ।
देशमा अहिले जुन एउटा व्यवस्था विरोधी तत्वहरुले विभिन्न प्रलोभन देखाएर वितण्डा मचाइरहेका प्रति कडा रुपमा प्रतिवाद गर्दै त्यस्ता व्यवस्था विरोधी तत्वहरु धमिलो पानीमा माछा पार्ने कार्य गरेर नेपाली जनताहरुलाई गुमराहमा पारेर देशमा अस्थिरता मचाउने कार्यबाट सजग हुनुपर्ने समय आएको छ ।
नेपाली समाज आर्थिक रुपमा अक्रान्त रहेको वेला व्यवस्था विरोधीहरु हिन्दु राष्ट्रको कुरा गरेर जनताहरुलाई ठगिरहेको हुँदा तिनीहरु हिन्दु धर्मको हिमायती नभई व्यवस्था विरोधी मात्रै भएको ठहर गर्दै धेरै पहिला फालिसकेको व्यवस्थालाई पुर्नर स्थापित गर्न नसकिने भएको हुँदा यो मुलुकमा संघिय हिन्दु लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नभएको राष्ट्रिय एकता अभियानका अध्यक्ष यादवले बताए ।
संघिय लोकतान्त्रिक गणतन्त्र भन्दा उत्तम व्यवस्था कुनै नभएको हुँदा राष्ट्रिय एकता अभियानले त्यसमा हिन्दु राष्ट्र बनाउन संघिय हिन्दु लोकतान्त्रिक गणतन्त्र बनाउनु पर्नेमा जोड दिदै लोकतन्त्र माथि विश्वास गर्नेहरु यस्को कुनै विकल्प नगरेको उनले स्पष्ट पारे ।
पुरानो नेताहरुको कारणले गर्दा अहिले विभिन्न खाले आन्दोलनहरु देखापर्न थालेको हुँदा बाउ बाजे एमाले, काँग्रेस, माओवादी लगायतका पार्टीमा रहेको हुँदा त्यसैलाई मत दिनुपर्ने विचारबाट माथि उठेर लोकतन्त्रका राम्रो नेतालाई मत दिएर यो व्यवस्थालाई दिगोपना दिनुपर्ने र जेहाद विरुद्ध जागरुक भई समाजमा शान्ति स्थापनार्थ तर्फ अग्रसर हुन सबै नागरिकहरु हातेमालो गरेर अघि बढ्नुपर्नेमा राष्ट्रिय एकता अभियानका अध्यक्ष यादवले जोड दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।