अपहरित कामेश्वर रायको वारेमा +918252913601 यो नम्वरमा व्ह्ट्स एप वा फोन गरेर सूचना दिने नेपाली नागरिकलाई ठूलो पुरस्कार दिइनेछ
सर्लाही, १८ मंसिर । भारत विहारको सीतामढी जिल्लाको चिलरी गाउँबाट एक ६५ बर्षिय औषधी व्यवसायीको दुई दिन अघि अज्ञात समुहले अपहरण गरेर नेपालमा ल्याइएको खवर प्राप्त भएको छ ।
सीतामढी जिल्ला प्रहरी औफिस सोनवर्सा अन्तर्गत पर्ने चिलरी गाउँका सुभाई रायको ६५ बर्षिय छोरा कामेश्वर राय (औषधी व्यवसायी) लाई २ डिसेम्बर अर्थात मंसिर १६ गते साँझ ७.३० बजेको समयमा अज्ञात हतियारधारी समुहले उनको अपहरण गरेर नेपालको सीमावर्ती क्षेत्रमा राखिएको सीतामढी प्रहरी श्रोतले जनाएको हो ।
६५ बर्षिय औषधी व्यवसायी रायको अपहरण पछि पीडित पक्षले दर्ता गराएको प्राथमिकी एफआईआर पछि सीतामढी प्रहरी प्रशासनले सीमावर्ती क्षेत्रका नेपाली प्रहरी प्रशासन संग समन्वय गरेर अपहरण मुक्त गराउन गहन रुपमा आवश्यक कारवाहीहरु सुरु गरिएको समेत ति श्रोतले बतायो ।
श्रोतका अनुसार अपहरणकारीहरुले पीडित परिवारलाई फोन गरेर ५० लाख भारतीय रुपैया फिरौतीको डिमांड राखेको छ । सीमाक्षेत्रमा हुने यस्ता अपराधिक घटनाबाट दुबै देशका सर्वसाधारण देखि लिएर व्यापार व्यवसाय संचालन गर्दै आइरहेका व्यक्तिहरुलाई चिन्तीत बनाएका छन् ।
अपहरित रायको वारेमा सूचना दिनेलाई ठूलो पुरस्कारको व्यवस्थापन गरिएको हुँदा सीमा क्षेत्रका बासिन्दाहरु पनि सजग भएर रायलाई देख्ने वित्तिकै +918252913601यो नम्वरमा व्ह्ट्स एप वा फोन गरेर यो नम्वरमा सूचना दिई अपहरणमुक्त गराई पुरस्कारको राशी लिन समेत पीडित पक्षले अपिल गरेका छन् ।
स्मरणीय छ की गत साता सीतामढीबाटै एसएसबीका जवानलाई अपहरण गरेर मेजरगंज हुँदै नेपालको सर्लाही हुँदै रौतहटमा घुमाउदै गरेको अवस्थामा ति एसएसबीका जवान शौरभ सिंहले स्वयंम अपहरणकारीको चंगुलबाट मुक्त भई रौतहट प्रहरीको शरणमा पुगेर सकुशल आफनो देश फर्किएको थियो ।
सीमा वारिपारीमा हुने अपराधीक घटना घटाएर सजिलै नेपाल र भारतमा लुक्ने प्रथाबाट अपराधको घटनामा वृद्धि हुन थालेका कार्यलाई दुबै तर्फका प्रहरी प्रशासन र स्थानीय जनताहरु सजग भई यस्ता घटनालाई निरुत्साहित गरी अपराधीलाई कानुनको डायरामा ल्याउनुपर्ने नितान्त आवश्यक देखिन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन