110
Shares
मुम्बई, १९ मंसिर । प्रख्यात भारतीय टेलि सिरियल “सीआईडी” का कलाकार दिनेश फर्डनिस अब यो संसारमा रहनन, उनी सधैको लागि यो संसारबाट विदा भएको छ ।
मंगलवार विहान मुम्बई स्थित तुंगा अस्पतालमा उनले अन्तिम सास लिदै यो संसारलाई अलबिदा गरेको हो । उनको निधन भएको खबर सिआइडी टेली सिरियलमा दयाका भूमिकामा देखिने दयानन्द शेट्टीले जनाएको छ ।
“दिनेश लामो समयदेखि बिमार थिए, उनलाई हृदयाघात भएको थिएन, तर स्वास्थ्यमा समस्या देखिएपछि उनी उक्त अस्पतालमा भर्ना भएका थिए, मल्टिपल अर्गन फेल भएको कारण उनको निधन भएको हो,” उनले जानकारी दिए ।
उनको अन्तिम संस्कार दौलत नगर श्मशान गृह, बोरिवली पूर्वमा गरिने भएको छ । गत शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । दिनेशले ’सिआइडी’ सँगै अन्य टेलि सिरियल र फिल्ममा अभिनय गरेका थिए ।
एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन