रौतहट, १९ मंसिर । नेपाल सरकारको मातहतमा रहेका सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच वटा कम्पनीलाई कालोसूचीमा राखेको सूचना सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको जानकारी पत्रिकामा सुचना मार्फत सार्वजनिक गरेका हुन् ।
कालोसूचीमा परेका कम्पनीहरुलाई कालोसूचीमा राखिएको समय अवधिभरीमा सार्वजनिक निकायको कुनै पनि खरिद गर्न वा कारबाहीमा भाग लिन पाउँदैनन् ।
भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्धिसाई जेभी पुतलीसडक तीन वर्षसम्म कालोसूचीमा राखिएर कारवाही गरिएका छन् । भारत कन्सट्रक्सनका मुख्य व्यक्ति राजिव गुर्गा, मैनाचुली निर्माण सेवा प्रालिका मुख्य व्यक्ति मदन कुमार अधिकारी र सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालिका मुख्य व्यक्ति दिपेन्द्रबहादुर शाही रहेका हुन् ।
यसैगरी मैनाचुली–सिद्धिसाई जेभी नयाँबानेश्वर दुई वर्षसम्म कालोसूचीमा परेको छ ।
शेर्पा÷हेना÷सुनामी जेभी विदुर–७ नुवाकोट एक वर्षसम्म कालोसूचीमा परेको छ । शेर्पा कन्स्ट्रक्सनको मुख्य व्यक्ति फुर्तेम्बा शेर्पा, हेना कन्स्ट्रक्सनका मुख्य व्यक्ति गणेशबहादुर बस्नेत र सुनामी कन्स्ट्रक्सनको मुख्य व्यक्ति पोष्टबहादुर बोगटी छन् ।
यस्तै विक्रम तामाङ मुख्य व्यक्ति रहेको कार्स्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स र हरिराम बोहरा मुख्य व्यक्ति भएको इजोन निर्माण सेवा पनि एक÷एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन