79
Shares
इशलामाबाद, एजेन्सी । २६/११ मुम्बई हमलाको मुख्य योजनाकार (मास्टरमाइण्ड) साजिद मिरलाई पाकिस्तानको जेलमा विष खुआएर सधैको लागि समाप्त पर्ने षडयन्त्र रचिएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
२६/११ को मुम्बई आतंककारी हमलाका मुख्य योजनाकार मध्ये एक साजिद मिरलाई पाकिस्तानको डेरा गाजी खानको जेलमा विष दिएपछि भेन्टिलेटरमा राखिएको रिपोर्टमा जनाइएका हुन् ।
मीरलाई कोट लखपत जेलबाट डेरा गाजी जेलमा सारिएको बताइएको छ । एलईटी कमाण्डर जुन २०२२ मा आतंकवाद विरोधी अदालतले सजाय सुनाएको बेलादेखि उनी जेलमा थिए । भारतको दवाव पछि उनलाई जेलमा राखिएको भएपनि निजलाई सधैको लागि हटाउन विष दिइयो तर उनीलाई अहिले भेन्टिलेटरमा राखिएको छ ।
श्रोतः न्यूज १८
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन