सर्लाही, २१ मंसिर । गिट्टीबालुवा ओसारपसार गर्ने ट्रेक्टर व्यवसायीहरु लालबन्दी नगरपालिका कार्यालय घेराउ गरेका छन् ।
लालबन्दी नगरपालिकाले खोलालाई खुल्ला नगर्दा गिट्टी, बालुवा र ढुंगा उठाउन नपाएको भन्दै व्यवसायी विहिवार बिहान १० बजे देखि नगरपालिका कार्यालय घेराउ गरेका हुन् । आ–आफ्नो ट्रेक्टर लिएर व्यवसायी नगरपालिका पुगेको बताइएको छ ।
व्यवसायीहरुको अनुसार गत असार महिनामै खोलाबाट खोलाजन्य बस्तु निकाल्नमा रोक लगाएको मंसिर सहिन लाग्दा समेत खुल्ला नगर्दा हामी जस्ता व्यवसायीहरु मर्कामा परेपछि घेराउ गर्नु बाहेक अन्य कुनै विकल्प नभएको गुनासो गरे ।
समयमै नगरपालिकाले खोला ठेक्का लगाउन नसक्दा व्यवसायी मारमा परेका बताए । ६ महिनादेखि ट्याक्टर, टिपरलगायत सबै साधन थन्काएर राख्नुपर्दा व्यवसायी ऋणमा डुब्दै गएको पीडित व्यवसायीहरु बताए ।
नगरपालिकाले तत्काल खोला खोल्ने कदम नचाले आफूहरु नगरपालिकामै ट्याक्टर बुझाएर फर्किने आक्रोश समेत पोखे । विगत ६ महिना देखि खोला बन्द रहदा बैंकबाट ऋण लिएर खरिद गरिएका सवारीसाधानको ब्याज तिर्ने अवस्था नरहेको हुदा त्यसै हामी बर्वाद भईसकेका छौं । लुकिछिपी केही ट्रेक्टरले गिट्टी, बालुवा उठाइरहे पनि प्रहरीले कडाई गरेर कतिपय सवारीलाई नियन्त्रणमा लिने गरेको छ ।
लालबन्दी नगरपालिकाले कालिन्जोर, लखन्देही लगायत कुनै पनि खोला ठेक्का लगाउन सकेको छैन् । अहिले नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन