जनकपुरधाम, २५ मंसिर । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मधेश प्रदेशको राजधानी जनकपुरमा निर्माण भईरहेको सहरी पूर्वाधारको महत्वपूर्ण आयोजनाहरुको स्थलगत रुपमा अनुगमन निरीक्षण गर्दै निर्माणको कार्य सन्तोषजनक रहेको बताएका छन् ।
रौतहट निर्वाचन क्षेत्र ३ बाट संघिय साँसद रहनु भएका तथा पूर्व मन्त्री समेत रहीसक्नु भएका साहले सहरी विकास पूर्वाधारको अति महत्वपूर्ण आयोजनाहरुको निर्माणाधिन कार्यहरुको अनुगमन निरीक्षण गर्दै निर्माणको प्रगति देखेर सन्तोषजनक कार्य भईरहेको बताएका हुन् ।
जनकपुर बसपार्क, दुधमति कोरिडोर, सरस्वती माध्यमिक विद्यालयको भवन लगायतका आयोजनाहरुको कार्य प्रगति समग्रमा सन्तोषजनक रहेको देखियो । मैले शुरू गराएको एकीकृत शहरी आयोजना अन्तर्गत झण्डै ४० किलोमिटर सड़क कालोपत्रे, ८० किलोमिटर नाला, बिभिन्न पोखरी सौन्दर्यीकरण तथा मठ मन्दिर लगायतका पूर्वाधारको कामहरु सम्पन्न भएको हेर्दा सुखद अनुभूति भएको फेसबुक स्टाटस मार्फत आजपा अध्यक्ष साहले भनेको छ ।
आयोजनाहरुको समग्र भागको ठेक्का एकैपटक नहुँदा निर्माणाधीन आयोजनाहरुको भविष्य अन्यौल देखिएकोमा चिन्ता समेत व्यक्त गर्दै साहले बसपार्कको समग्र ठेक्का ७० करोडको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भएको छ, त्यस्तै दुधमति कोरिडोरको ठेक्का १ अर्बको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भई निर्माण भईरहेकोमा चिन्ता व्यक्त गरे ।
त्यस्तै हाल निर्माण भईरहेको आयोजनाहरुको भुक्तानी समयमा नहुँदा निर्माण व्यवसायीहरुमा केही अन्यौलता छाएको छ । निर्माण भईरहेको आयोजनाहरुको भुक्तानी गर्न सरकारको गम्भीर हुनुपर्ने ध्यानाकर्षण गराए । अनुगमन तथा निरीक्षण कार्यमा मधेश प्रदेशको सभामुख रामचन्द्र मण्डल, नेकपा (माओवादी केन्द्र) का नेता भरत साह तथा सहरी डिवीजन प्रमुख प्रदीप खनाल लगायतका पदाधिकारीहरुको सहभागीता रहेको बताइएको छ ।



प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट