जनकपुरधाम, २६ मंसिर । जनकनन्दनी सीता र अयोध्या नरेश राजा दशरथपुत्र राम बीच त्रेता युगमा भएको विवाहको सम्झनामा प्रत्येक बर्ष मंसिर शुक्ल पंचमी तिथिको दिन विवाहपञ्चमीको महोत्सव मनाइने गरिन्छ, सोही क्रममा आज देखि जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु भएका छन् ।
मिथिलाका राजा जनकको पुत्री माता सीता र अयोध्याका राजा दशरथपुत्र भगवान राम संग विवाह सम्पन्न भएको थियो सोही दिनको सम्झनामा मिथिलाबासी सहित सम्पूर्ण नेपालीहरु विवाहपञ्चमीलाई उत्सवको रुपमा मनाउने चलन विद्यमान रहदै आएका हुन् ।
सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएका छन् । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम गरिने छ । आज अपराह्न ४ बजे जानकी मन्दिरको प्रांगणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाएर नगरमा घुमाएर दर्शन गर्ने कार्यक्रम रहेको मन्दिरका सहमहन्त रामरोशन दासले बताए ।
दोस्रो दिन बुधबार फूलबारी लीला, तेस्रो दिन बिहीबार धनुष यज्ञ, चौथो दिन शुक्रबार तीलकोत्सव, पाँचौ दिन मंसिर ३० गते मटकोरपुजा र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको विदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत समापन हुने गरिने कार्यक्रम तय गरिएको छ ।
विवाहपञ्चमी महोत्सवमा यस वर्ष ऐतिहासिक रंगभूमि मैदानमा ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा निर्माण गरिदा विवाहपञ्चमीको आकर्षण बढेको छ । विवाहपञ्चमीलाई विश्वमा चिनाउन र विश्व रेकर्डका लागि सीताराम प्रतिमा निर्माण भइरहेको बुझिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन