रौतहट, २६ मंसिर । बैंकमा खाताधारी ग्राहकहरुले जम्मा गरेको रकम पनि सुरक्षित रहन नसकेका कंयौं उदाहरणहरु पछिल्ला समयमा देखापरेका छन् ।
एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको खाताबाट १ लाख ४९ हजार रुपैयाँ गायब भएको घटना सार्वजनिक भएका हुन् ।
आफूलाई अनुकुल पर्ने समयमा रकम झिक्ने वा घरमा रकम नराखी बैंकमा राखेर सुरक्षित रहन जम्मा गरेको रकम पनि अब बैंकमा सुरक्षित नरहेको उक्त घटनाबाट प्रमाणित भएको र ग्राहक वा खाताधारीहरुको सुरक्षा जोखिममा परेको छ ।
गौर शाखामा चमत्कारिक बचत खाता सञ्चालन गरेका रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्वर ६ पेटभर्वाका सरोजराय यादवको खाता नम्बर ४६८७७३४१५२५२४००१ बाट ७ डिसेम्बर २०२३ मा ५०÷५० हजार गरेर दुई पटक खल्ती लोड ९३० ९४९७५÷९७०३६४७०६९ मा तथा ४९ हजार १० रुपैयाँ १८७० ९७६६५०९०००१७ मा ट्रान्सफर भएको एनआईसी एशिया शाखाले खाताधारीलाई उपलब्ध गराएको स्टेटमेंटबाट देखिएको छ ।
एनआईसी एशिया बैंक कोलभी शाखामा १७ अक्टूबर २०२३ मा १ लाख ४९ हजार रकम जम्मा गरेका पीडि़त सरोज राय यादवले २०८० मङ्सिर २१ गति बेलुकी पैसा झिकिएको सन्देश मोबाईलमा आएपछि खाताबाट रकम गाएब भएको थाहा पाएको बताए ।
खातामा राखेको रकम गायब भएको विषयमा गौर शाखामा बुझ्न ज्यादा शाखाका सहायक प्रबन्धकले तपाईले मोबाइल बैंकिंग सेवा प्रयोग गरेको भने जवाव दिएको पीडि़तले बताए । मोबाईल बैंकिंग सेवा प्रयोग नगरेको र गरेको प्रमाण दिन सहायक प्रबन्धकलाई भन्दा केही जवाव नदिएकोले बैंकको कर्मचारीको मिलेमतोमा रकम गायब भएको आरोप यादवले लगाए ।
बैंकबाट गाएव भएको रकमको विषयमा छानविन गरी रकम फिर्ता दिनुपर्ने समेत पीडि़तले माग गरेका छन् । यस्तो घटना एनआईसी एशिया बैंकमा मात्रै नभई पछिल्ला दुई महिनामा गौरको कंयौं बैंकबाट खाताधारीहरुको रकम ग्याव भएको जिल्ला प्रहरी कार्यालयमा करिव ८÷९ वटा उजुरी दर्ता भएको प्रहरी श्रोतबाट बुझिएका छन् ।
डिजिटल प्रणालीबाट मोबाइल ऐपबाट झन् खाताधारीहरुको बैंकमा रकम सुरक्षित नहुँदा वित्तिय क्षेत्रमा निकै सुधार गर्नुपर्ने अवश्यक्ता रहेको ग्राहकहरुले आवाज उठाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन