रौतहट, २६ मंसिर । आम जनता पार्टीले बैंक तथा वित्तिय संस्थाबाट पीडित बनेका जनताहरुको पक्षमा आवाज बुलन्द गरेर उनीहरुलाई काँधमा काँध मिलाएर हिड्ने अभियान अन्तर्गत आउदो माघ १० गते मधेश बन्द सहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् ।
सर्वसाधारण जनताहरु विभिन्न बैंक, वित्तिय संस्थाबाट पीडित भई उठिबास हुने अवस्थामा पुगेकोमा आम जनता पार्टीको नेतृत्वमा बैंक तथा वित्तिय पीडित संघर्ष समितिको गठन गरेर आउदो माघ १० गते मधेश बन्द सहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् ।
घोषित कार्यक्रम अनुसार बैकंहरुले मनोमानि ढंगबाट लिइरहेको ब्याज फिर्ता गर, लघुवित तथा सहकारीबाट गरिव किसानले लिइएको कर्जा माफी गर, तथा आम जनतालाई सहज कर्जाको व्यवस्था गर जस्ता लगायतका मागहरुको सम्बोधन गर्न सम्बध निकायलाई दवाव दिन संघर्षका कार्यक्रमहरु सार्वजनिक आम जनता पार्टीले गरेको छ ।
आम जनता पार्टीले निरन्तर रुपमा पीडित जनताहरुको पक्षमा आवाज उठाई रहदा पनि सरकार गम्भिर नदेखिएमा बाध्य भई संघर्षको कार्यक्रम घोषणा गर्नु परेको बताइएको छ ।
बैंक तथा वित्तिय पीडितहरुको संघर्ष समितिको कार्यक्रम आम जनता पार्टीका मधेश प्रदेश समितिका इन्चार्ज सुधिर यादव र मधेश प्रदेश समितिका अध्यक्ष उमेश कुशवाहाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तमा पुस १२ गते प्रदेश स्तरिय भेला विरगञ्जमा, पुस १३ गते देखि मसान्त सम्म स्थानीय तहहरुमा पीडितहरु संघ अन्तरक्रिया तथा संघर्ष समिति गठन, माघ १ गते देखि ८ सम्म प्रत्येक जिल्लामा अन्तरक्रिया कार्यक्रम गरेर संघर्ष समिति गठन, माघ ९ गते प्रत्येक जिल्लामा मोटरसाइकल जुलुस वा मसाल जुलुस प्रदर्शन र माघ १० गते मधेश बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन