जोहानसवर्ग, एजेन्सी । भारत दक्षिण अफ्रिका बीच जारी टि २० क्रिकेट म्याचको दोश्रो खेलमा दक्षिण अफ्रिकाले डीएलएस मेथर्डको आधारमा भारतलाई ५ विकेटबाट पराजित गरेको छ ।
पहिलो ब्याटिंग गरेका भारतले निर्धारित २० ओभरको खेलमा १९.३ ओभरमा ७ विकेटको क्षेतिमा १८० रन बनाउदा बर्षा सुरु भएका थिए । दक्षिण अफ्रिकालाई म्याच जित्न १५ ओभरमा १५२ रनको विजय लक्ष्य पाएको थियो ।
प्रतिउत्तरमा दक्षिण अफ्रिकाले १३.५ ओभरमा १५४ रन बनाउदै ५ विकेटबाट भारतलाई हराउदै १ शुन्यको बढत दक्षिण अफ्रिकाले लिएको छ । पहिलो खेल बर्षाको कारण रद्द भएका थिए भने दोश्रो खेलमा पनि बर्षा बाधा उत्पन्न गरेको थियो ।
३ खेलको टि २० सिरिजमा दक्षिण अफ्रिका अंक तालिकामा माथि उक्लिदा भारतलाई सिरिज बराबरी गर्न अन्तिम म्याच जित्नै पर्ने दवाव सृजना भएको छ ।
यस अघि भारतको लागि ओपनरद्वय यशष्वी जयसवाल र शुभमन गिल शुन्य रनमा आउट भएपछि भारत निकै दवावमा परेका थिए । तिलक वर्माले केही आकर्षक शर्ट खेलेपनि उनले २९ रनको योग्दान दिए । क्याप्टेन सुर्यकुमार यादवले ३६ बलमा ५६ रन र रिंकु सिंहले ३९ बलमा ६८ रन बनाए । दक्षिण अफ्रिकाको लागि रेजा हेन्डरिक्स २७ मा ४९, एडम माक्रम १७ मा ३० र डेभिड मिलर १२ मा १७ रन बनाए ।
बलिंग तर्फ मुकेश कुमार ३ ओभरमा ३४ रन खर्चेर २ विकेट, कुलदिप यादव ३ ओभरमा २६ रन दिएर १ विकेट र मोहम्मद सेराज ३ ओभरमा २७ रन दिएर १ विकेट लिएको थियो । दक्षिण अफ्रिकी बलर जेराल्ड कोटेज ३.३ ओभरमा ३२ रन दिएर ३ विकेट, तवरेज सम्सी ४ ओभरमा १८ रन खर्चेर १ विकेट र एडम माक्रम ३ ओभरमा २९ रन खर्चेर १ विकेट लिएको थियो ।
तबरेज सम्सीलाई प्लेयर अफ दि म्याचको पुरस्कार दिइएको थियो । तेश्रो टि २० म्याच भोली अर्थात विहिवार हुने छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन