रौतहट, २७ मंसिर । आन्तरिक पर्यटनलाई बढावा दिनुको साथै बाहिर जानुपर्ने अवस्थालाई चिर्दै पर्यटकलाई लोभ्याउन विभिन्न मनोरञ्जनात्मक कार्यहरु अहिले रौतहटको चन्द्रपुर नगरपालिकाको नुनथरमा राखिन थालेका छन् ।
धार्मिक पर्यटकिय स्थलको रुपमा प्रख्यात रहेका नुनथरमा आन्तरिक पर्यटनलाई आफू तर्फ तान्न विभिन्न मनोरञ्जनात्मक उपकरणहरु जडान गराएर आन्तरिक पर्यटनकहरुको अहिले ननथरमा भिड लाग्न थालेका हुन् ।
नुनथर धार्मिक वन तथा नुनथर ईको एडभेन्चर एण्ड ईन्टरटेण्मेन्ट प्रालीद्वारा संचालनमा आएको नुनथर स्विंग अर्थात पिङमा रमाउने पर्यटकहरुको संख्या दिनप्रतिदिन बढदै गएको छ ।
नुनथर क्षेत्रमा अहिले रमाउने पर्यटकहरुको भिड लाग्न थालेको नुनथर धार्मिक वन तथा नुनथर ईको एडभेन्चर एण्ड ईन्टरटेण्मेन्ट प्रालीका संचालक शुभकामना पौडेलले बताए । नुनथर क्षेत्रमा पिकनिक गर्न र घुम्न आँउनेहरुका लागि बागमतीमा बोटिङ पिङ लगायतका मनोरंन्जनका सधानहरु राखिएपछि मधेश प्रदेशका आठै जिल्ला बाहेक, अन्य प्रदेश तथा भारतको बिहारको बिभिन्न स्थानहरुबाट घुम्न आँउने पर्यटकको संख्यामा बृद्धी हुदै आएको छ ।
प्रदेश सरकारले समेत ननथर क्षेत्र माथि राम्ररी ध्यान दिएर उक्त स्थानमा भौतिक पूर्वाधारको समुचित व्यवस्थापन, मनोरञ्जनका विभिन्न सामग्रीहरुको उचित व्यवस्थापन भएमा पर्यटकहरु बाहिर नगई नुनथरमा पर्यटन क्षेत्रलाई बढावा दिन सकिने नुनथर क्षेत्र विकास समितिले जनाएको छ
तस्वीर श्रोतः तराई एक्सप्रेस


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन