सिम्रौंनगढ घटनामा एक युवकको मृत्यु, गम्भीर घाइते प्रदर्शनकारीको नारायणीमा उपचार हुँदै

69 Shares

स्थानीय बासिन्दा र १० जना प्रहरी सहित एक दर्जन भन्दा बढि घाइते, सिम्रौनगढ नगरपालिका कार्यालय सहितका क्षेत्रमा व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन, अवस्था सान्य बन्दै

सिम्रौनगढ (बारा), २७ मंसिर । सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयमा भएको झड्पको क्रममा प्रहरीको गोली लागेर एक जना स्थानीय युवकको मृत्यु भएको छ ।
प्रदर्शनकारीहरु उग्र भएर प्रमुख प्रशासकीय अधिकृत चढेको नगर प्रमुख चढ्ने गाडीमा तोडफोड गर्दै नगरपालिकाको कार्यालयमा क्षतिपुर्याउन खोज्दा सुरक्षामा तैनाथ प्रहरीहरुले बल प्रयोग गर्दा पनि अवस्था नियन्त्रण बाहिर गएपछि गोली प्रहार गर्दा सिम्रौनगढ नगरपालिका वडा नम्वर १ लखिन्द्र मुखिया विनको २५ बर्षिय छोरा लक्ष्मि मुखिया विनको मृत्यु भएको हो ।
प्रहरीको गोली लाग्दा युवक विनको घटनास्थलमा नै मृत्यु भइसकेको प्रत्यक्षदर्शीहरुले बताएपनि बारा प्रहरीले नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको पुष्टि गरेका छन् ।
प्रदर्शनको क्रममा गम्भीर घाइते भएको एक जनाको उपचार नारायणी अस्पताल वीरगञ्जमा भईरहेको तथा कयौं सामान्य घाइतेहरु स्थानीय अस्पतालमा उपचार गराइरहेको बुझिएका छन् ।
सिम्रौनगढ नगरपालिकामा अवस्था अहिले सामन्य भएपनि त्यस क्षेत्रमा व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बारा का प्रहरी निरीक्षक शोभन विक्रम राणाले एक जना गम्भीर घाइते भएको र १० जना प्रहरी घाइते भएको जानकारी दिए ।
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रलाई हाजिर गराउने क्रममा विपक्षीले हाजिर गर्न नदिएपछि विवाद भएको जानकारी दिए ।
सिम्रौनगढ नगरपालिका श्रोतका अनुसार उपमेयर सहित ३९ जना बोर्ड सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई हाजिर गर्न नदिने अडान राखेको तर मेयरले बलजफती पचरौटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका मिश्रलाई थप जिम्मेवारी मन्त्रालयबाट दिन लगाएर ल्याउन लागेकोमा विरोधमा रहेका बोर्ड मेमवर सहित गाउँलेहरुले र मेयरको पक्षका मानिसहरु विच झड्प सुरु भएपछि प्रहरीले बल प्रयोग गर्नुर्दा यस्तो दुखद घटना हुन पुगेका छन् ।
सुरक्षाकर्मीहरुले अवस्थालाई नियन्त्रणमा लिन लाठी चार्ज, दर्जनौं अश्रुग्यास र १५ राउण्ड भन्दा बढि गोली फायर गरेको स्थानीयहरुले बारा प्रहरी प्रशासन माथि गम्भीर आरोप लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।