राधेश्याम कुशवाहा
सर्लाही, ३० मंसिर । राष्ट्रिय हित भन्दा ठूलो कोही पनि हुदैन त्यसैले युवाशक्तिहरुलाई विदेश पलायन हुनबाट रोक्नु नितान्त जरुरी छ नत्र मुलुकले ठूलो जोखिम मोल्नुपर्ने अखिल भारतीय क्षेत्रिय संगठनका मन्त्री अनुपमले बताए ।
महेश्वरी सेवा सदन काठमाडौंमा बसेको राष्ट्रिय श्रमिक महासंघ नेपालको राष्ट्रिय योजना तथा प्रथम सम्मेलनलाई सम्बोधन गर्दै अखिल भारतीय क्षेत्रिय संगठनका मन्त्री अनुपमले उक्त कुरा बताएको हो ।
राष्ट्रिय हित भन्दा ठूलो कोही पनि हुँदैन्न त्यसै हुनाले कुनैपनि राजनीतिक दवाव विना स्वतन्त्र रुपमा श्रमिकहरुको हक हितको पक्षमा काम गर्नुपर्ने सुझाव दिए । अब देश विकासको जिम्मा श्रमिकहरुको हातमा रहेकोमा सबैले काँधमा काँध मिलाएर देश विकास जुट्न आह्वान गरे ।
अखिल भारतीय संगठनका मन्त्री बी.सुरेन्द्रनले नेपालका अधिकाँश श्रमिकहरु भारतमा कार्यरत रहेको तथा भारतका धेरै श्रमिकहरु नेपालमा समेत काम गरिरहेको बताए । राष्ट्रिय श्रमिक महासंघ नेपालको गठनले दुबै देशका श्रमिकहरु बीचको सम्बन्ध अझ प्रगाढ र सुदृढ बनाउनमा यसबाट मद्दत पुग्ने विश्वास व्इक्त ष्गर्दै संगठन कुनै दल विशेषको नभई विरुद्ध रुपमा गैर राजनीतिक तथा स्वतन्त्र महासंघ रहेको उलने स्पष्ट पारे ।
महासंघको कुनै दलसंगै सम्बन्धी नभई नितान्त श्रमिकहरुको हक अधिकारका विषयमा आवाज उठाउने गैर राजनीतिक संगठन रहेको टिप्पणी गर्दै श्रमिक मुलुक निर्माणमा गरेको योगदानको कदर राज्यबाट गरिनुपर्नेमा उनले जोड दिए ।
पछिल्लो समय मुलुकबाट युवा शक्ति बिदेश पलायनले भविश्यमा मुलुकले ठुलो जोखिम मोल्नु पर्ने बताउदै युवा शक्ति भनेका मुलुकका कर्णधार वर्क फोर्स हुन र जुन मुलुकका वर्क फोर्स पलायन हुन्छ त्यो मुलुकले कहिल्यै प्रगती गर्न सम्दैनन् उनले टिप्पणी गरे ।
मुलुकमै रोजगारीको श्रृजना गरी यस्ता वर्क फोर्सलाई मुलुक निर्माणमा लगाउनु पर्नेमा राष्ट्रिय श्रमिक महासंघले अहम भुमिका खेल्नु पर्नेमा जोड दिदै आउने समयमा नेपालको बिकासमा राष्ट्रिय श्रमिक महासंघको योग्दान पनि महत्वपूण हुने गरी काम गर्न निर्देशन दिए ।
राष्ट्रिय श्रमिक महासंघ नेपालका अध्यक्ष हिरालाल यादवको अध्यक्षतामा भएको राष्ट्रिय श्रमिक महासंघ नेपालको राष्ट्रिय योजना तथा प्रथम सम्मेलन कार्यक्रमको उद्घाटन सत्रमा आखिल भारतिय संगठन मन्त्री बि.सुरेन्द्रम र आखिल भारतिय क्षेत्रिय संगठन मन्त्री अनुपमले सँयुक्त रुपमा दिप प्रज्वलन गरेका थिए भने कार्यक्रमको सञ्चालन राष्ट्रिय श्रमिक महासंघ नेपालका महासचिव गोपाल यादवले गरेको थियो ।