राधेश्याम कुशवाहा
मधुवनी (सर्लाही), १ पुस । गोडैता नगरपालिकाको मधुवनीमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा ४५० जना महिला पुरुषहरुले स्वास्थ्य परिक्षण गराए ।
गोडैता नगरपालिका वडा नम्वर १२ मधुवनीमा निशुल्क स्वास्थ शिविर सन्चालन गरिदा नगरपालिका भित्रका ४५० जना विरामीहरुले उपस्थित भई स्वास्थ्य परिक्षण गराइएको जनाएका हुन् ।
गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले एक कार्यक्रमका बिच शिविरको उदघाटन गरेका थिए ।
शिविरको उदघाटन मन्तव्य राख्दै नगरप्रमुख यादवले आयोजना गरिएको निशुल्क स्वास्थ शिविरको पुरै खर्च वडाअध्यक्ष केशव कुमारको व्यक्तिगत लगानीमा भएको बताउदै आफू कार्यक्रममा रिवन मात्र काटन आएको उनेले बताए । समाजसेवी वडाअध्यक्ष केशव कुमारले बेलाबेलामा जनहित र समाज कल्याण लागि विभिन्न सहयोग तथा कार्यक्रम गर्दै आएकोमा मेयर यादवले खुलेर उनको प्रशंसा गरे ।
निशुल्क स्वास्थ शिविरमा ३ सय महिला र १ सय ५० पुरुष गरी ४५० भन्दा बढी व्यक्तिहरुले स्वास्थ जाँच गराएको स्वास्थकर्मी अनिल कापडले जानकारी दिए । उनका अनुसार सबै व्यक्तिहरूलाई स्वास्थ जाँच सहित निशुल्क औषधी वितरण र बालबालिकालाई बाफ लगाउने काम गरिएको बताए ।
निशुल्क स्वास्थ जाँच शिविर आफनै व्यक्तिगत लागतमा सन्चालन गरिएको वडा नम्वर १२ का वडाअध्यक्ष केशव कुमारले भने । उनले आज निशुल्क चेकजाँच पछि विरामीहरुलाई २ लाख ५० हजार बराबरको औषधी वितरण गरिएको बताए ।
शिविरको उदघाटन कार्यक्रममा सिमा सुरक्षा बल मधुवनीका सशस्त्र प्रहरी निरिक्षक नवीन देउजा, मधुवनी प्रहरी चौकीका सई संजय यादव, वडासदस्यहरु लगायत स्थानीय बुद्धिजीवी तथा भद्रभलादमीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन