रौतहट, १ पुस । राष्ट्रि एकता अभियानले प्रेस विज्ञप्ती मार्फत वीरगञ्ज महानगरपालिकामा प्रतिमा युवाहरुले हटाएपछि प्रहरीद्वारा पक्राउ गरिएका युवाहरुलाई तत्काल रिहाईको माग गरेका छन् ।
अभियानका अध्यक्ष विनयकुमार यादवद्वारा हस्ताक्षरित जारी गरिएको विज्ञप्तीमा वीरगञ्ज महानगरपालिका वडा नम्वर २१ (हनुमान चोक) मा यमराजको सवारी पाडा (मुरा भैंसी) को प्रतिमा स्थानीयको माग अनुसार युवाहरुले हटाएपछि प्रहरीले प्रतिमा हटाउने युवकहरुलाई पक्राउ गरेको पछि एकता अभियानको ध्यानाकर्षण भई तत्कालै गिरफतार गरिएका युवाहरुलाई रिहाई गर्नुपर्ने माग राखेका हुन् ।
महानगरपालिकाबाट हनुमान चोकमा यमराजको सवारी पाडा (मुरा भैंसी) को प्रतिमा राखिएको दिन देखि नै हटाउनुपर्ने माग गर्दै स्थानीयवासी र संस्थाहरुले प्रदर्शन गर्दै आएको थियो । लगातारको शान्तिपूर्ण आन्दोलनको विरोध प्रदर्शन पछि पनि उक्त प्रतिमा महानगरद्धारा नहटाइएपछि युवाहरु संग स्थानीय बासिन्दाहरु स्वयंम हटाइदिएका छन् ।
प्रतिमा हटाइएको आरोपमा कृष्ण चौरसिया, पवन श्रीवास्तव, राजन महतो, सौरभ पटेल, राकेश उपाध्याय र सागर साह कानुलाई पक्राउ गरेर श्रीपुर वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका युवाहरुलाई विना शर्त रिहा गर्न एकता अभियानले जोडदार रुपमा माग गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन