61
Shares
तेलअविभ(इजरायल), एजेन्सी । इजरायलको तेल अभीभ सहरमा हमासद्वारा बन्धक बनाइएकाहरुलाई तत्काल रिहा गराउनुपर्ने माग राख्दै इजरायली नागरिकहरु सरकार विरुद्ध ठूलो प्रदर्शन गरेका छन् ।
अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा २४० भन्दा बढी मानिसलाई बन्धक बनाएको थियो । बन्धकहरूलाई रिहा गर्न इजरायली सरकार माथि दबाब बढिरहेको छ । शनिबार नै इजरायली सेनाले आइडीएफ सैनिकको गोलीबाट तीन निसस्त्र बन्धकको मृत्यु भएको बताएको थियो ।।
यसअघि इजरायल र हमासबीचको युद्धविरामका क्रममा दर्जनौं बन्धकहरूलाई पनि रिहा गरिएको थियो । यसै क्रममा प्रधानमन्त्री नेतन्याहुले बन्धकहरुलाई रिहा गर्न इजरायली सेनाको अभियान जारी रहने बताएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन