पपस्टार टेलर स्वीफ्टको कन्सर्ट प्रदर्शन गर्नका लागि चीनले इजाजत दिएका छन् ।
विश्वकै सबैभन्दा ठूलो मध्येको फिल्म बजारमा ‘टेलर स्वीफ्ट ः द इरास टुर’ डिसेम्बर ३१ अर्थात नयाँ वर्षको पूर्वसन्ध्यामा रिलिज हुने भएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनको मुख्य भूमिमा रिलिज गर्ने निर्माताको लामो समयदेखिको प्रयास सकार भएको छ । यो फिल्मले चीन बाहेक विश्व बजारमा २५० मिलियन डलर कमाइसकेको छ ।
स्वीफ्टलाई चीनमा समकालीन अमेरिकी संगीतकर्मी मध्ये सबैभन्दा लोकप्रिय मानिन्छ । इरास टुर फिल्मले चीनमा कति कमाउन सक्छ भन्ने कुरा चाहिं बेइजिङ उद्योग भित्रका विश्लेषकहरुले बहसको विषय छ ।
स्वीफ्टको जन्मदिनमा डिसेम्बर १३ मा यो फिल्म अमेरिका लगायतको मुलुकका स्ट्रिमिङ प्लाटफर्ममा रिलिज भइसकेको छ । तर पाइरेसीको कारण चीनको टिकट बिक्री केही प्रभावित हुनसक्ने अनुमान गरिएको छ । ग्लोबल टाइम्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन