तुल्सिपुर, २ पुस । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र इलाका प्रहरी कार्यालय तुल्सिपुर÷ट्राफिक प्रहरी कार्यालय तुल्सिपरद्धारा सवारी दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रमको आयोजना गरियो ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) द्धारा जारी गरिएको विज्ञप्तीमा तुल्सिपुरमा सवारी दुर्घटनालाई न्यूनिकरण तथा वीमा सचेतना कार्यक्रम आयोजना गरिएको जनाइएको हो ।
आइएसटीएन च्यानलका पत्रकार महेन्द्र महाराद्धारा संचालित उक्त कार्यक्रममा लुल्सिपुर उपमहानगरपालिकाको उपप्रमुख स्यानी चौधरीको प्रमुख उपस्थितिमा इप्रका तुल्सिपुरका प्रमुख ठाकुरप्रकाश पोखरेल तथा अटो प्रालिका प्रतिनिधि, सवारी चालकहरु, संचारकर्मीहरुले संयमित भई सवारी साधन पूर्ण चेकजाँच गराएर तथा सबै आवश्यक कागजात साथ मात्रै सवारीसाधन चलाउदा दुर्घटना हुन नसक्ने बताए । बीमा सचेतना सम्बन्धमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड तुल्सिपुरका शाखाप्रमुख तुफान सापकोटाले विमा सम्बन्धी अति आवश्यक जानकारी गराएका थिए ।
सो कार्यक्रममा सहभागीहरुले दुर्घटना न्यूनिकरण तथा सचेतना कार्यक्रम संचालन गराएकोमा कम्पनीलाई धन्यवाद दिइयो ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन