69
Shares
बारा, २ पुस । जितपुर सिमरा उपमहानगरपालिकामा घुस रकम सहित सोमवार वडाध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पक्राउ गरेको छ ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ३ को वडाध्यक्षमा एमालेबाट तारा कार्कीलाई अख्तियारको टोलीले आज वडा कार्यालयबाटै पाँच लाख घुस सहित पक्राउ गरेको हो ।
जितपुरको एक मिठाई व्यापारीबाट पाँच लाख घुस रकम लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयबाट आएको टोलीले रंगेहाथ वडाध्यक्ष कार्कीलाई नियन्त्रणमा लिएको बताइएको छ ।
अख्तियार अनुसन्धान अधिकृत एवं हेटौंडाका प्रमुख उमाकान्त आचार्यले जितपुरसिमरा उपमहानगरपालिका ३ का वडाध्यक्ष घुस रकम लिदै गर्दा पक्राउ परेको पुष्टि गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन