जनकपुरधाम, ५ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउने तथा नेपालको राजनीति सुदृढ गर्दै लैजानुपर्ने जिम्मेवारी काँग्रेसको काँधमा आएको छ ।
मधेश प्नदेशको राजधानी जनकपुरधामको तिरहुतिया गाछीमा नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम मधेश भेलाको उदघाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त कुरा बताउनु भएको हो ।
सभापति देउवाले नेपाली राजनीतिलाई बलियो बनाउन कांग्रेस लागिरहेको पनि बताए । यस्तै उनले समानुपातिक र समावेशी निर्वाचन प्रणाली भएकाले बहुमत आउन गाह्रो छ रहेको बताए । ‘
यस्तै सम्मेलनमा उपसभापति धनराज गुरुङले मधेसलाई माथि उठाउनुपर्ने बताए । मिसन चौरासी होइन मिसन सुशासन बनाउन आवश्यक रहेको उनको भनाइ छ । ‘सरकारले सुशासनको अभियान चलाएको छ । अब भ्रष्टाचारका फाइल खोल्दै जाने हो । सबै कुरामा विरोध गरेर हुँदैन,’ कानुन मन्त्री समेत रहेका गुरुङले भने । मन्त्री गुरुङले सङ्घीयता सम्बन्धी कानुन चाँडै बनाउने बताए । सङ्घीयता सम्बन्धी कानुन बनाउँछु । हिउँदे अधिवेशन ढिलो हुने अवस्थामा अध्यादेश ल्याउँछु । सङ्घीयता सम्बन्धी कानुन बन्छ, बन्छ,’ उनले भने ।
उदघाटन सत्रमा धन्यवाद ज्ञापन गर्दै प्रदेश सभापति तथा मधेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेश काँग्रेसको उर्वर भुमि रहेको हो, किल्ला हो, कंयौं पटक मधेशी जनताले सावित गरिसकेको तर अहिले पनि संघियताालाई कार्यान्वयन अझै संघिय सरकारले मार्ग प्रशस्त गर्न नसकेकोमा गम्भीर आपत्ति प्रकट गरे ।
प्रहरी एन, कर्मचारी एन बनाउन नदिएकोमा पार्टीद्वारा लिखित रुपमा पारित गराएर सिंहदरबार घेराउ गर्ने चेतावनी दिए ।
सो कार्यक्रममा मधेश प्रदेशका उपसभापति चन्द्रशेखर प्रसाद यादव, उपसभापति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंह, वृहस्पति कृष्ण श्रेष्ठ सहित करिव डेढ दर्जन नेताहरुले सम्बोधन गरेको सुचना संचार तथा प्रचार प्रसार विभाग सचिव एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको स्वकीय सचिव निकेश त्रपाठीले बताए ।
एतिहाँसिक प्रथम मधेश सम्मेलनको उदघाटन समारोहमा आठै जिल्लाबाट करिव २५ हजार भन्दा बढिको सहभागिता रहेको विभागिय प्रमुख निकेशकुमार गुप्ताले जानकारी दिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट