सशस्त्र प्रहरीले २८ लाखको राजस्व छलीका कपडा बरामद

71 Shares

रौतहट, ६ पुस । सशस्त्र प्रहरीले रौतहटको विभिन्न स्थानहरुबाट राजस्व छलेर नेपाल भित्रयाइएको करिव २८ लाख मूल्य बराबरको कपडा बरामद गरेका छन् ।
अबैध कारोवार गर्नमा पल्किएका कारोवारीहरुले चोरनाकाहरुबाट नेपाल भित्रयाइएका सामानहरुलाई देशको विभिन्न स्थानहरुमा पठाउने क्रममा विहिवार साँझ रौतहटको चन्द्रपुर नगरपालिका ९ चेतनगर स्थित एउटा घरमा भण्डारण गरिएका १३ लाख ४१ हजार ४२० रुपैया मूल्य बराबरको कपडा बरामद गरेको सशस्त्र सिमा सुरक्षा बल नेपाल ११ नम्वर गण रौतहटले जनाएका हुन् ।
विशेष सूचनाको आधारमा सशस्त्र सुरक्षा बेस सन्तपुर र जिल्ला भन्सार कार्यालय गौरबाट खटिएको संयुक्त टोलीले बेवारिसे अवस्थामा १२ बोरा विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको बताइएको छ । त्यस्तै दुईदिन अघि सशस्त्र प्रहरी बल नेपाल ११ गण हेड क्वाटर रौतहटले १५ लाख बढीको अवैध लत्ताकपडाहरू बरामद गरेको थियो ।
विशेष सूचनाको आधारमा गण बाट गएको टोलीले बौधिमाई नगरपालिका ७ स्थित रौतहट बाराको सिमानामा रहेको अरुवा खोला पुल नजिकै टहरामा बेवारिसे अवस्थामा रहेको उक्त कपडा बरामद गरेको एसपी माधव रेग्मीले बताए ।
बरामद लत्ताकपडाहरू राजश्व अनुसन्धान कार्यालय पथलैया र जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ ।
सशस्त्र प्रहरीले सीमानाकाहरुबाट हुने राजस्व छलीलाई सुक्ष्म रुपमा निगरानी बढाएर नियन्त्रणको प्रयास गरिरहेको छ । हरेक स्थानमा प्रहरी उपस्थित हुन नसक्ने भएपनि समयमा नै खवर भएपछि यस्ता अवाञ्छित कार्यहरुलाई निरुत्साहित गर्न सकिने एसपी रेग्मीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।