भारतको बालगृहबाट उद्धार गरिएका बालकहरुलाई परिवारको जिम्मा

70 Shares
धर्मेन्द्र साह
रौतहट, ७ पुस । लामो समय देखि भारतको मुम्बई स्थित बालगृहमा रहेको ८ जना बालकलाई उद्धार गरेर परिवारको जिम्मा लगाइएको छ ।
रौतहटको दुर्गा भगवती, इशानाथ, राजपुर लगायतका स्थानीय तहका बालकहरुलाई भारतको बालगृहबाट उद्धार गरेर गौर ल्याएपछि शनिवार उनीको अभिभावकलाई जिम्मा लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याइएका बालकहरुलाई अभिभावकको जिम्मा लगाइयो । ति बालबालिकाहरुलाई गत ४ महिना देखि  भारतको मुम्बई मटुन्गामा रहेको बालगृहमा राखिएको थियो ।
उद्धार गरिएका बालकहरु १३ देखि १६ वर्षा उमेर सम्मको जनाइएको छ ।
    बिभिन्न बहानामा भारतको मुम्बई पुगेका ति बालकहरु बिभिन्न ब्याग फैक्ट्रीहरुमा काममा लगाइएको थियो । मुम्बई प्रहरीले ब्याग फैक्ट्रीमा छापामारी गर्दै ति बालकहरुको उद्धार गरेर बालकहरुलाई मुम्बईको मटुङ्गमा रहेको बाल गृहमा राखियो । १८ बर्ष उमेर नपुगे सम्म बालबालिकालाई काममा लगाउनु गैर कानुनि अपराध रहेकोले प्रहरीले बिभिन्न कारखानाहरुमा छापा मारेर कारवाही गर्ने क्रममा नेपाली बालकहरु फेला परेका थिए । नेपालका बालकहरु बाल गृहमा फसेको सुचना पाएपछि बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरुको संयुक्त प्रयासमा ति बालकहरुलाई परिवारको जिम्मा लगाइएको छ । ग्रामिण बिकाश केन्द्र नेपाल गौर, सामुदायिक बिकाश तथा सचेतना नेपाल मकवानपुर, राष्ट्रिय बाल अधिकार परिषद, र जिल्ला स्थितका सरकारी निकायहरुको समन्वयमा ति बालकहरुको उद्धार गरिएका छन् ।
बालगृहबाछ उद्धार गराउन मुम्बई पुगेकी ग्रामिण बिकाश केन्द्र नेपाल रौतहटका कोषाध्यक्ष ममता झाले बालकहरुलाई परिवारको जिम्मा लगाउन पाउदा निकै खुशि लागेको बताइन । उनले “अझै पनि कयौ नेपाली बालकहरु भारतको बिभिन्न बालगृहमा रहेकोले पारिवारिक पुनरमिलनको लागि सबैको प्रयास आवश्यक्ता महसुस गरिन् ।”  आफ्नो छोरा पाउदा स्थानीय दुर्गाभागावती गाउपालिका वार्ड ३ मत्सरिका प्रमोद राउत अब उप्रान्त आफ्नो छोरालाई बिद्यालयमा भर्ना गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।