राधेश्याम कुशवाहा
सर्लाही, ९ पुस । जिल्ला प्रशासन कार्यलय सर्लाही अगाडिबाट मोटरसाइकल चोरी भएको छ ।
जिल्ला प्रशासन कार्यलयको पश्चिमी दक्षिणी छेउमा पार्किङ गरि राखेएको बिआर ०६ बिजि ८२६२ भएको कालो ब्लु रङ्गको भारतीय नम्बर प्लेटको मोटरसाइकल चोरी भएको हो ।
जिल्ला प्रशासन कार्यलयमा वैदेशिक रोजगार सम्बन्धि ठगीको विषयमा छलफलका लागि आएका कौडेना गाउँपालिका वार्ड-६ मोतिपुर निवासी राजन साहको मोटरसाइकल चोरी भएको छ ।
वैदेशिक रोजगारको ठगी सम्बन्धि छलफलका लागि बिहान ११ बजेको समयमा मोटरसाइकल पार्क गरि छलफलका सिडिओ कार्यलयको भित्र गएको बेला चोरी भएको पिडित राजन साहले बताए ।
उनका अनुसार छलफलबाट ३ बजेको समयमा गाडी हेर्न जादा गाडी पार्किङ गरेको ठाउँमै थियो तर फेरि कार्यलयमा पुगेर केही समयमै फर्किदा गाडी पार्किङ गरेको ठाउँमा नरहेको उनले दुखेसो पोखे ।
सयौंको संख्यामा सेवाग्राही आउने सिडिओ कार्यलयको पार्किङ स्थलमा सिसिटिभी नभएको उहाँले गुनासो गरे ।
पार्किङ स्थलमा सिसिटिभी नभएको र प्रहरीले समेत निगरानी नगरेको भन्दै स्थानीय प्रशासन लापरबाहीका कारण मोटरसाइकल चोरी भएको भन्दै सेवाग्राहीहरुले आक्रोश पोखे । उनीहरुले पार्किङ स्थलमा सिसिटिभी लगाई प्रहरीको निगरानी बढाउनु पर्ने समेत माग गरे ।
सयौंको संख्यामा दिनहुँ चहलपहल हुने जिल्ला प्रशासन कार्यलय सर्लाहीमा मोटरसाइकल तथा हेलमेटको चोरी हुदै आएको छ । पार्किङ स्थलमा सिसिटिभी जडान तथा प्रहरीको निगरानी बढाई चोरीमा संलग्न व्यक्तिहरुलाई कानुनीको दायरामा ल्याउनका लागि स्थानीय प्रशासन उदासिन रहदै आएको सेवाग्राहीहरुको आरोप रहेका छन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन