काठमाडौं, ९ पुस । आम जनता पार्टी निकट रहेका आम सम्पर्क मञ्चद्वारा निरन्तर रुपमा भन्सारको लुटकारी नीतिको विरुद्ध भन्सार विभाग घेराउ तथा धर्ना प्रदर्शन कार्यक्रमलाई जारी राखेका छन् ।
संघिय राजधानीको त्रिपुरेश्वर स्थित भन्सार विभागको कार्यालयलाई गत साता देखि जारी राखेको घेराउ तथा धर्ना प्रदर्शनलाई आम सम्पर्क मञ्चका नेता तथा कार्यकर्ताहरुले जारी राखेका हुन् ।
भन्सार विभागको नियमावलीमा मालसामानहरु बुझाएवापत सुरक्षाकर्मीहरुले पाउदै आएको ४५ प्रतिशतको कथित पुरस्कारलाई खारेज गर्दै राज्यको मुल राजस्वमा जम्मा गर्नुपर्ने माग राख्दै विगत भदौं महिना देखि सुरु गरेको प्रदर्शन दोश्रो चरणमा गत साता देखि प्रदर्शन घेराउ तथा विरोध गर्दै आएको बताइएको छ । धर्ना प्रदर्शन निरन्तर रुपमा जारी रहेपनि अन्धो र बहिरो सरकारले कुनै वास्ता नगर्दा त्यस कार्यलाई लिएर देशैभरी प्रदर्शन गर्ने अभियनमा आम सम्पर्क मञ्च जुटेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन