सर्लाही, १२ पुस । सर्लाहीको हरिपर्वा नगरपालिका मा एक बृद्धको हत्या भएपछि सर्लाही प्रहरीले तालिम प्राप्त कुकुरको मद्दतबाट अपराधी पत्ता लगाउन अनुसन्धान कार्य सुरु गरेका छन् ।
हरिपूर्वा नगरपालिका वडा नम्वर ३ धनकौंलका ७५ बर्षिय राजनारायण रायको बुधवार दिउसो ३ बजेको समयमा गोठमा मृत अवस्थामा शव फेला परेका थिए । रायको शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी टोली खटेको थियो ।
रायको हत्या भएको आशंकामा अनुसन्धानमा थप मद्दत मिल्ने आशामा धनुषाको लालगढबाट तालिम प्राप्त कुकुरलाई विहिवार विहान झिकाएको र मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक कार्यालय मलंगवामा राखिएको सर्लाहीका एसपी प्रवीण धितालले जानकारी दिए ।
एसपी धितालका अनुसार मृतक रायको टाउको पछाडी चोटपटक देखिएको छ । मृतक रायको घर र गोठ दुवै एकान्त ठाउँमा रहेको हुँदा हत्याको आशंका गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन