राधेश्याम कुशवाहा
सर्लाही, १३ पुस । गोडैता नगरपालिका वडा नम्वर २ जयपुर स्थित आधारभुत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्न शुक्रवार सुरक्षाकर्मीको उपस्थितिमा अभिभावकहरुको भेला बस्दै छ ।
आर्थिक बर्ष २०७६÷७७ मा विद्यालय व्यवस्थापन समितिको म्याद सकिए ता पनी अभिभावकहरु बीच सहमती हुन नसक्दा विद्यालय अभिभावक विहिन रहदै आएको हो । समिति गठनका लागि पटकपटक आपसी मतभेद हुँदै आएका कारण सुरक्षाकर्मीको विशेष निगरानीमा तेस्रो पुर्ण अभिभावक सहितको बैठक बोलाएको विद्यालयका प्रधानाध्यापक गर्भुले जानकारी दिए ।
ईलाका प्रहरी कार्यलय गडहिया डुमरिया र बिओपी बहादुरपुरको संयुक्त टोलि बैठक स्थलमा तैनाथ गराइएको छ । पुस २ गते सुचना कटाउनका लागि विद्यालयमा पुगेको अभिभावकहरु बिच २ पक्षिय हातपात हुँदा ४ वटा कुर्सीमा क्षती पुगेको थियो ।
बैठकमा गोडैता नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद यादव, वडा नम्वर २ का अध्यक्ष अजय साह, वडा नम्वर २ का निर्वतमान वडाअध्यक्ष भोला महतो, श्रीमती सरस्वती देवी कुशवाहा आधारभुत विद्यालयका प्रधानाध्यापक रामप्रकाश महतो, नथुनी विजय आधारभुत विद्यालयका प्रधानाध्यापक विजय झा, विधालयका शिक्षक, शिक्षिका, अभिभावक लगायत स्थानीय भद्रभलादमीहरुको उल्लेखनीय सहभागिता रहेका छन ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन