काठमाडौं, १३ पुस । कथित ४५ प्रतिश पुरस्कारको लुटकारी प्रावधान हटाउन माग राख्दै विगत १३ दिन देखि भन्सार विभागको कार्यालयमा आम सम्पर्क मञ्चले धर्ना प्रदर्शन घेराउ गर्दै आएका छन् ।
आम जनता पार्टी संग आबद्ध रहेका आम सम्पर्क मञ्चले शुक्रवार १३ औं दिन पनि त्रिपुरेश्वर स्थित भन्सार विभागको कार्यालयलाई घेराउ गरेर धर्ना प्रदर्शन कार्यक्रमलाई जारी राखेका हुन् ।
भन्सार ऐनमा कथित रुपमा रहेका ४५ प्रतिशत पुरस्कारको लुटकारी प्रावधानलाई हटाउन कयौं दिन देखि आवाज उठाउदै प्रदर्शनमा होमिएका आम सम्पर्क मञ्च भन्छन् त्यस्ता प्रावधान नहटाइए हाम्रो प्रदर्शन जारी रहने मञ्चले जनाएको छ ।
मुलुकको अर्थतन्त्र खस्दिै गएको अवस्थामा लुटकारी नीतिलाई परिमार्जन गरेर देश हितको लागि नयाँ नीति बनाउन दवाव दिदै मञ्चले अर्थतन्त्रलाई सुधार गर्न र सिमा क्षेत्रको जनताको मनोबल उठाउने विषय संग जोडÞिएको यो महत्वपुर्ण मागलाई तुरुन्त संबोधन हुन जरुरी रहेको बताए ।
पुरस्कारको नाममा भन्सारबाट उठेको रकम झण्डै ५० प्रतिशत सिधै भ्रष्ट कर्मचारी एवं मन्त्रीको खातामा जाने भ्रष्टाचारजन्य कार्य रोकन सुरू भएको आन्दोलन झण्डै ४ महिना पुगीसक्दा समेत सरकारले कुनै सुनुवाई नगर्नु दुःखद रहेको छ ।
लुटकारी नीतिलाई रोकन आम सम्पर्क मञ्चले गरेको आन्दोलन जति सराहना गरे पनि कम हुन्छ । न्याय प्राप्तिको ऐतिहासिक लडाईमा तपाई सम्पूर्ण आदरणीय न्यायप्रेमी जनसमुदायलाई आ–आफ्नो स्थान र स्तरबाट सक्रिय सहयोग गर्न बिशेष हार्दिक अनुरोध आम सम्पर्क मञ्चले गरेका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन