सर्लाही, १४ पुस । सर्लाही जिल्लाको विभिन्न नाकाहरु भएर भारतीय उखु तस्करीको माध्यमबाट नेपालमा भित्रयाएर सर्लाही र रौतहट जिल्लामा संचालित चिनी मिलहरुमा विचौलियाहरुको माध्यमबाट धमाधम आउदै गरेका छन् ।
सर्लाहीको मधुबनीको शितलामाई, नयाँ सडक, सिजुवा अर्नाहा, बलरा छतौनाको छनकी सेढ्वा भएर दैनिक रुपमा २० वटा टायरगाडा र त्यतीकै ट्रेक्टरमा भारतीय उखु नेपाल तस्करीको माध्यमबाट भित्रिने गरेका हुन् ।
तस्करीको माध्यमबाट भित्रिने भारतीय उखुहरु महालक्ष्मि सुगर मिल बगदह, इन्दुशंकर चिनी उद्योग हरिवन, एभरेष्ट सुगर मिल्स रामनगर र बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डष्ट्रिज प्राली प्रिपापोखरियामा विचौलियाहरुले उखु सहजै पुर्याउने गरेको सीमा क्षेत्रका बासिन्दाहरुले गम्भीर आरोप लगाएका छन् ।

विचौलियाहरुले भारतीय किसानहरुको खेतमा गएर प्रतिक्यून्टल ४५० रुपैयामा नगदै खरिद गर्ने गरेको श्रोतले बतायो । त्यती मात्रै नभई उखुको भेराइटीलाई ५१० रुपैया प्रतिक्यून्टलमा खरिद गरेर मिल्स सम्म पुर्याइ विचको रकम कमाउदै आएका छन् ।
बलरा नपा १ सेढवामा राखेको काँटा सम्म दैनिक रुपमा भारतीय उखु ल्याउने गरेको र त्यहीबाट काँटामा भार वजन तौल गरेर विभिन्न मिल्समा नगदमै विक्री वितरण गर्दै आएको श्रोतको दाबी छ । मधुबनीबाट दैनिक ८ टेलर र ५ वटा बैलगाडा तथा छनकीबाट आउने उखुलाई सेढवामा भार तौल गरेर १० टेलर र टायरगाडामा लोड गरेर सहजै रुपमा उक्त मिल्समा विचौलियाहरुले पुर्याउने गरेका छन् ।
यसरी भारतबाट आउने उखुहरु लोड भएका प्रति टेलर १ हजार र बैलगाडामा पाँच सय रुपैया सुरक्षामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीले लिने गरेको श्रोतले दाबी गर्दै उक्त कार्यमा सेढवामा गगनदेव राय यादव लगायतका करिव आधा दर्जन विचौलियाहरुले उक्त कार्यलाई जारी राखेको बताइएको छ ।
यसरी कम मूल्य दिएर भारतीय उखु नेपालमा ल्याएर विभिन्न मिलमा उपलब्ध गराउदा नेपाली किसानको उखु खेतमै ठडिएको अवस्था सृजना भएका छन् । उखु क्रसिंग गरेवापत राज्यबाट पाउदै आएका अनुदानका रकम मिल्स संचालकहरुलाई हुने गरेको हुँदा नेपाली किसानहरु पीडित बन्दै गएको एक जना किसान नाम उल्लख नगर्ने शर्तमा दुखेसो पोखे । गत बर्ष दिएको उखुको रकम बक्यौंता रहेको हुँदा अहिले भारतीय उखुको कारण समस्यामा परेको बताए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन