रौतहट, १४ पुस । मध्य पुस देखि रौतहट सहित तराई मधेशका जिल्लाहरुमा चिसोको अनुभुति भईरहेको छ ।
शनिवार विहानै पख देखि हुस्सु र शीतलहर चलेपछि रौतहट सहितका मध्य तराईका जिल्लाहरुमा चिसो बढेर सर्वसाधारणलाई बल्ल यसपालीको चिसोको अनुभूति भइरहेको हो ।
सदरमुकाम सहित ग्रामिण भेग लगायत पुर्वपश्चिम राजमार्गमा बाक्लो हुस्सुका कारण केही मिटर टाढाको दृश्य नदेखिने अवस्था छ । कतिपय सवारी साधन दिउसै बति बालेर गुडाउने परिस्थिति रहेका छन ।
बिहानै देखि पश्चिमा हावा, हुस्सु र शितलहलसँगै चिसो बढेको छ । चिसोको कारण गरिब तथा विपन्न बस्तिका मानिस आगो तापिरहेका छन् । जिल्लाका बिपन्न समुदाय डोम, मुसहर लगात गरीव दलितहरुको बस्तिमा न्यानोको ब्यवस्था गर्न जाडो पिडितहरुले माग गरे ।
चिसोबाट पिडित अति बिपन्न समुदायलाई राज्यका तिनै तहको सरकारले ध्यान दिनुपर्ने दलित समुदायका अगुवाहरु भन्छन् । बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राजमार्ग तथा गौर–चन्द्रनिगाहपुर सडकखण्डमा दुर्घटनाको जोखिम भएकाले सवारी चलाउदा सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ ।
बाक्लो हुस्सु र शितलहरले नजिकैको सवारी साधन र पैदल यात्रु समेत नदेखिदा दुर्घटनाको जोखिम हुने भएकाले सचेत रहन आग्रह गरिएको छ । जिल्लाका प्रमुख व्यापारिक बजारहरु चन्द्रपुर, गौर, गरुडा, समनपुर, कटहरिया, मौलापुर सहितका बजारहरुमा मानिसहरुको चहलपहल केही न्यून भएको छ ।
वृद्धवृद्धाहरुलाई चिसो छल्न न्यानो कपडा लगाउन, घर बाहिर ननिस्कन तथा खास गरेर श्वासप्रश्वासमा देखिने समस्या आएमा चाँडै चिकित्सकको सम्पर्कमा जान चिकित्सकहरुले सुझाव दिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन