रौतहट, १७ पुस । रौतहटको चन्द्रपुर नगरपालिका स्थित पूर्व पश्चिम राजमार्गमा अटो रिक्सालाई तेल बोकेको ट्याँकरले ठक्कर दिदा दुई जना भारतीय नागरिकको सोमवार राति मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्वर ५ चिडियादह चोक नजिक पूर्व पश्चिम राजमार्गमा नुनथरबाट चन्द्रपुर तर्फ आउदै गरेको ज १ ह ४४८५ नम्वरको अटोरिक्सालाई अमलेखगञ्जबाट तेल लिए सर्लाही तर्फ जाँदै गरेका प्रदेश २–०३–००१ ख १९२७ नम्वरको ट्याँकरले गएराति ७.३० बजेको समयमा ठक्कर दिएका थिए ।
ट्याँकरको ठक्करबाट अटोरिक्सामा सवार ६ जना मध्ये भारत विहार सीतामढी जिल्ला डुमरी बस्ने ४० बषिए पिंकु सिंह र २० बर्षिय अवधेश राम गम्भीर घाईते भएपछि तत्कालै उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्ज पुर्याइयो तर गएराति ९.४५ बजेको समयमा दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् ।
भारतबाट अंग्रेजी नयाँ बर्ष मनाउन रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर १ स्थित पर्यटकिय स्थल नुनथर महादेव स्थान आएका थिए । नयाँ बर्ष मनाएर चन्द्रपुर तर्फ फर्किदै गर्दा उक्त दुखद दुर्घटना भएको थियो ।
अटोरिक्सामा सवार सर्लाही बागमती नपा वडा नम्वर ६ खाल्टे का ४४ को भुपेन्द्र सहनी, रौतहट चन्द्रपुर नपा वडा नम्वर ५ का नजाम अन्सारीको १५ बर्षिय छोरा समिर अन्सारी, गरुडा नपा वडा नम्वर ६ पोठियाहीका २२ बर्षिय अस्गर देवान र निजको २० बर्षिया श्रीमती जवाहिर खातुन घाइते भएपनि उनीहरुको अवस्था खतरामुक्त रहेको भएपनि चन्द्रपुरमा रहेका सिभिल अस्पतालमा उपचार भईरहेको डिएसपी गिरीले भनिन् ।
ट्यांकर चालक रौतहटको दुर्गा भगवती गाउँपालिका १ गंगापिपराका २६ वर्षिय प्रविण साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले जानकारी दिइन् । मृतक दुबै भारतीय नागरिकको आफन्तहरु भोली बुधवार आएर शव बुझ्ने उनले जानकारी दिइन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन