रौतहट, १८ पुस । रौतहटको गढीमाई नगरपालिकाको धरमपुरमा बुधवार दिउसो ट्रेक्टर दुर्घटना हुँदा चालकको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको छ ।
गढीमाई नगरपालिका वडा नम्वर ६ वागमती पुल स्थित भित्र सडक खण्डमा वागमती नदिबाट वालुवा लोड गरेर धर्मपुर तर्फ आउदै गरेका ना.२ त ८५०८ नम्वरको ट्रेक्टर आफै अनियन्त्रित भई आज दिउसो २.२० बजेको समयमा १५ फिट खेतमा पल्टिदा चालक गम्भीर घाइते भई उपचारको लागि प्रादेशिक अस्पताल गौर गौरमा ल्याइयो ।
माधवनारायण नगरपालिका वडा नम्वर ३ सखुअवा गाउँका २२ बर्षिय चालक रंजित कुमार पंडितको उपचारको क्रममा ३.४० बजेको समयमा मृत्यु भएको चिकित्सकद्वारा घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिए ।
घटनाको विषयमा आवश्यक अनुसन्धान भईरहेको एवं मृतकको शव प्रादेशिक अस्पताल गौरमा राखिएको डिएसपी गिरीले बताइन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन