75
Shares
रौतहट, १८ पुस । गौरीशंकर यादव फाउण्डेशनद्धारा आयोजित जीपीलको आज विहानको पहिलो खेलमा दरवार ११ लाई सोवर्णामाई ११ ले ४३ रनले पराजित गरेका छन् ।
गौर राइस मिल्समा संचालित जीपीएलमा सोवर्णामाई ११ टस जितेर पहिलो ब्याटिंग गरे । निर्धारित १३ ओभरको खेलमा ८ विकेटको क्षतिमा १३८ रन बनाए । प्रतिउत्तरमा दरवार ११ ले निर्धारित १३ ओभरमा १३९ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएपनि ९२ रन बनाउन सके । दरवार ११ का लागि सगुन यादवले सर्वाधिक ४१ रन बनाएपनि विजय लक्ष्य पार गर्न सकेनन् ।
सोवर्णामाई ११ का गौतम चन्द्रबंशीले दुई विकेट र १७ रन बनाउदा उनलाई म्यान अफ दि म्याच घोषित गरियो । चन्द्रबंशीलाई म्यान अफ दि म्याचको पुरस्कार गौतम श्रेष्ठ र प्रभात झाले संयुक्त रुपमा दिएर हौषला बढाएको आयोजक समितिले जनाएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन