आन्दोलनकारीको मागलाई आज विहान १० बजे पछि सम्बोधन हुने, अबरुद्ध सडक खुल्ने सम्भावना

91 Shares

रौतहट, २० पुस । वागमती नदीमा हुलाकी सडक अन्तर्गतको अलपत्र रहेका पुल निर्माणको विषयलाई लिएर बाटो अवरुद्ध गरेर धर्नामा बसेका आन्दोलनकारीको मागलाई शुक्रवार विहान १० बजे सम्म सम्बोधन हुने सम्भावना रहेका छन् ।
गौर चन्द्रपुर सडक खण्डको यमुनामाई गाउँपालिका स्थित बम नहरमा टेन्ट पाल राखेर पुसको चिसो महिनामा स्थानीय बासिन्दाहरुले बर्षौ देखि अलपत्र रहेका दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बडहर्वा स्थित बागमती नदीमा हुलाकी परियोजना अन्तर्गतको पुल पुस २१ गते देखि प्रारम्भ गर्ने नेपाल सरकारको निर्देशनमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालको अध्यक्षतामा विहिवार बसेको बैठकबाट निर्णय भएको श्रोतले बताएका हुन् ।
श्रोतका अनुसार स्थानीय बासिन्दाहरु भोग्दै आएको पीडा मर्कालाई ध्यानमा दिदै र गौर चन्द्रपुर सडक खण्ड तिन दिन देखि अवरुद्ध हुँदा सर्वसाधारण एवं सवारसाधनहरुले भोग्दै आएको कठिनाईलाई मध्यनजर राख्दै नेपाल सरकारको मन्त्रीपरिषदले अविलम्ब उक्त समस्या समाधान गर्न निर्देशन दिएपछिल हिजो सडक विभागका महानिर्देशकको अध्यक्षतामा हुलाकी राजमार्ग आयोजना निर्देशनालय, सडक विभाग पुल महाशाखा लगायतका सम्बध सरोकारवाला निकायको प्रमुखहरुको उपस्थितिमा भएको निर्णयमा वागमती (बडहर्वा) पुलको निर्माण कार्यको एक्जेस्टींग स्ट्रक्चर भेरिफिकेशनको कार्य पुस २१ देखि सुरु गरेर ७ दिन भित्र सम्पन्न गर्ने, पुस १९ गते भएको प्रस्तावित डिजाइन अनुसारको निर्माण कार्य निर्माण व्यवसायीद्धारा अविलम्ब सुरुआत गर्ने, सोही पुलको रिभ्युड डिजाइन ड्रोइंग अविलम्व स्वीकृतिको लागि सडक विभागमा पेश गर्ने, रिभर ट्रइंग पूर्वपटिको कार्य स्पेशिफिकेशन अनुसार करेक्सन गर्ने तथा पश्चिमपटीको काम अविलम्ब सुरुआत गरी निर्माण कार्यलाई निरन्तरता दिने , विओक्यु अनुसार सव सट्रक्चर को स्ट्रेृजस्टींग को कार्य तत्कालै सुरुआत गर्ने, पुस १९ गते देखि १५ दिन भित्र साइटमा निर्माण कार्य नभएमा तथा साइट मा मोविलाइज नभएकोमा नियमानुसार ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाउने निर्णय भएको बताइएको छ ।
यसरी पुस १८ गते दिउसो १.१५ बजेको समय देखि प्रदेश साँसद नागेन्द्र साहको अगुवामा दुर्गा भगवती र यमुना माई सहितका हुलाकी सडक पुलबाट लाभान्वित हुने विभिन्न पालिकाका सर्वसाधारणहरु पुस महिनाको मुटु काम्ने चिसोमा दिनरात अनवरत रुपमा धर्नामा बसेर नेपाल सरकारलाई पुल बनाउने तर्फ बाध्य बनाइएको हुँदा आज विहान १० बजे सम्म सम्बध निकायका पदाधिकारीहरु आफै बम नहरमा उपस्थित भई सम्बोधन गर्ने कार्यक्रम रहेको र त्यस पछि अवरुद्ध सडक सुचारु हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।