बरहथवा (सर्लाही), २१ पुस । प्रहरीको गोलीबाट निर्दोष युवकको शुक्रवार दिउसो ज्यान गएपछि अहिले सम्म युवकको शवलाई स्थानीय बासिन्दाहरुले उठाउन दिएका छैनन् । बरहथवा नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालमा गाभ्न गरेको निर्णयलाई कार्यान्वयन गर्न माग गर्दै विगत दुई महिना देखि चल्दै आएको आन्दोलन क्रममा हिजो उग्र बन्दै तोडफोड गर्न थालेपछि प्रहरीले चलाएको अन्धाधुन्ध गोलीबाट पसल संचालन गरेका बरहथवा नगरपालिका वडा नम्वर ६ का २७ बर्षिय जयशंकर साहको टाउकोमा गोली लागेर ज्यान गएका युवकको शव शनिबार दिउँस सम्म उठन सकेको छैनन् ।
लामो समयदेखि अस्पताललाई प्रादेशिक अस्पताल बनाउनु पर्ने माग गर्दै नेपाली काँग्रेस, सहित पाचदल आन्दोलनमा होमिएपछी शुक्रबार आन्दोलनको क्रममा स्थानिय २७ वर्षिय साहको प्रहरीको गोलि लागेर ज्यान गएपछि बरहथवा बजार आज दोस्रो दिनपनि अशान्त रहेका छन् ।
आन्दोलनको क्रममा गाउको निर्दोष होनहार एवं युवा व्यवसायि युवाको अनाहकमा प्रहरीको गोलि लागेर ज्यान गएपछि मृतक परिवार सहित पाच दलित गठबन्धनका नेताहरू आज दोस्रो दिनपनी स्थानीय प्रशासनले जारी गरेको निशेधित क्षेत्र तोडेर टायर बालेर नाराबाजि गर्दै प्रदर्शन गरिरहेका हुन् ।
अस्पताल माग गर्दै जारी आन्दोलनको क्रममा ज्यान गुमाएका साहको आफ्न्त एवं दलका नेताहरूले ज्यान गुमाएका साहलाइ सहिद घोषणा, मेयर कल्पना कटवालको राजिनामा, घटनामा गोलि चलाउन आदेश दिने इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गङगा बहादुर थापालाई निलम्बन, मृतकको नाममा अस्पताल घँषणा गरेर शालिक बनाउनु पर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका छन ।
होटेल ब्यवसायी युवाकको प्रहरीको गोलि लागेर ज्यान गएपछि बरहथवा बजार शोकमा डुबेको छ । आज दोश्रो दिनपनी बजार पुर्ण रुपमा बन्द रहेको छ भने यातायात समेत ठप्प रहेको छ । बरहथवा नगरपालिकाका नगर प्रमुख कल्पना कटवालको हठको कारण बरहथवामा तनाब उत्पन्न भएको नेपालि काग्रेसका मेयर प्रत्यासी बिगु चौधरीले बताए ।
मेयरले कार्यपालिकाबाट निर्णय गरेर स्थानीय १५ सैयाको अस्पताललाई ५० सैयामा परिणत गरी प्रादेशिक अस्पताल बनाउन निर्णय गरेर पछि हच्किएपछी काग्रेस सहितका जसपा, लोसपा, जनमत, बहुजन एकता पार्टी सहितका दलहरू निर्णय कार्यान्वयनको माग गर्दै आन्दोलनमा उत्रिएको काँग्रेस नेता बिगुको भनाइ छ ।
शुक्रवार नै प्रहरीको गोलि लागेर ज्यान गुमाएका साहको शवलाइ नियन्त्रणमा लिएर पीडित परिवार संगै स्थानीय बासिन्दाहरुको उल्लेख संख्यामा उपस्थिति भइ आन्दोलनको कारण प्रहरी उक्त स्थानमा प्रशासन अझसम्म पुग्न सकेका छ्रैनन् ।
कर्फयु हटाएर निषेधाज्ञा समय आइतवार विहान ८ बजे सम्म बढाइयो
जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवाको अवस्था निकै तनावपूर्ण रहदा शुक्रवार साँझ साढे ५ बजे देखि शनिवार विहान ८ बजे सम्म रहेका कर्फयुको समय कर्फयु हटाएर निषेधाज्ञा आइतवार विहान ८ बजे सम्म बढाइएको छ ।
बरहथवामा थप अप्रिय घटना हुन नदिन जिल्लाका सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको हुँदा कर्फयु हटाएर निषेधाज्ञा पूर्ण पालना गर्न सर्लाही प्रशासनले जिल्लाबासी संग अनुरोध गरेका छन् ।
मृतक साहको परिवारमा रुवाबासि
अस्पतालको बिषयमा जारी आन्दोलनको क्रममा प्रहरीको गोलि लागेर ज्यान गुमाएका जयशंकर साहको परिवार शोकमा डुबेको छ । मृतक साहका ५० वर्षीया आमा कलावती देवि छोराको बियोगमा तडपिरहेकी छिन । कलावती छोरा खोज्दै छिनछिनमा बेहोस हुन्छिन । चार दिदि सकुन्तला देवि, साबित्री देवि, रुबि देवि, अन्जली देवि आफ्ना सहोदर भाइ खोज्दै ससुराली बाट माइत आएकी छिन । घरका एक्ला छोरा कुखुरा फर्ममा दाना पुर्याएर फर्किने बेला आन्दोलनको क्रममा प्रहरीले चलाएको गोलि लागेर साहको ज्यान गएपछि घर परिवार मात्रै होइन बरहथवा बजार नै शोक मग्न भएको छ ।
बरहथवा घटनामा प्रहरी प्रशासनको गम्भीर त्रुटी
बरहथवा घटनामा प्रहरीले अलिकति पनि मानवअधिकारको ख्याल नगरी टाउकोमा ताकेर गोली प्रहार गरेर मानवअधिकारको सामान्य सिद्धान्तलाई पालना नगरको मानवअधिकारवादी मुकेश मिश्रले सर्लाही प्रहरी प्रशासन माथि गम्भीर प्रश्न चिन्ह खडा गरेका छन् ।
गोली चलाउने अवस्था आउदा खुटामा गोली हान्नु पर्ने तर त्यसो नगरी टाउकोमा गोली हान्नु एकदमै क्रुरता भएको उनले भने । आन्दोलनलाई शान्त पर्न पानीको फोहोरा, लाठी चार्ज, टियरग्यास लगायतका विधिहरु अपनाउनु पर्ने त्यसो नभएको भन्दै सर्लाही प्रशासनको गम्भीर त्रुटी रहेको उनले भने ।
स्थानीय प्रशासन र पीडित पक्ष विच इप्रका बरहथवामा वार्ता जारी
बरहथवा घटनामा मारिएका युवक जयशंक साहको परिवार र प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला सहित सर्लाही सुरक्षा समितिका विच इलाका प्रहरी कार्यालय बरहथवामा शव उठाउने विषयमा वार्ता जारी रहेको बताइएको छ ।