प्रधानमन्त्री दहालको विशेष चासोबाट बरहथवा घटनालाई छानविन गर्न तिन सदस्यीय छानविन समिति गठन

68 Shares

गृह मन्त्रालयका सह सचिव थानेश्वर गौतमको संयोजकत्वमा तिन सदस्यीय छानविन समिति गठन,

मृतक परिवारलाई दश लाख क्षतिपुर्ती राहत स्वरुप उपलब्ध गराउने

सर्लाही, २१ पुस । सर्लाहीको वरहथवामा अस्पतालको विषय लिएर भएको प्रदर्शनमा प्रहरीको गोली लागेर स्थानीय युवकको मृत्यु भएको घटना प्रति प्रधानमन्त्रीले विशेष रुपमा चासो राख्नु भएको छ । बरहथवा वडा नम्वर ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको विषयलाई लिएर प्रदर्शनको क्रममा प्रहरीको लागेली लागेर स्थानीय ३० बर्षिय जटाशंकर साहको मृत्यु भएको विषयमा प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले चासो राख्दै छानविन समिति गठनको निर्देशन दिएको गृह मन्त्रालयले एक विज्ञप्ती मार्फत जनाएको हो ।
गृह मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै झडपमा मृत्यु भएका जयशंकर साहको परिवारलाई राहत स्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने जानकारी गराएको छ । विज्ञप्तिमा घटनामा मृत्यु भएका साहको परिवारलाई राहत स्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने जनाइएको हो ।
यसै गरी घटनाबारे सत्य तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । छानबिन समितिको सदस्यमा प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।